Celebrating “Each for equal” मुल नाराको साथमा यहि ७ मार्चका दिन मेल्बोर्नको ग्लेनरोयमा दिदीबहिनी समाज भिक्टोरीयाले अन्तररास्ट्रिय नारी दिवस बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
“Be safe project” launch, DVSV Unit committee endorsement, Jumba dance, Oral health Talk का साथसाथै अभिभावकका अनुभब साटासाट गर्दै मनाउन आटिएको अन्तररास्ट्रिय नारी दिवशको यस बिषेश कार्यक्रममा समुदाएका भिन्न पृष्ठभूमी भएका सबैलाई निमन्त्रणा गरिएको छ।
दिदी बहिनी समाज भिक्टोरीयाले बिशेष गरेर महिलाहरुमा हुने गरेका घरेलु हिंसा विरुद्ध आवाज उठाउँदै आएको छ। भिक्टोरियामा नेपाली समुदायमा एक उधाहरणीय सँस्थाको रुप परिचय बनाउँदै गरेको यस सँस्थाले Be the best women , Library Partnership ,Jumba dance, Music with Catherine , International Women ‘s Day , Breast Screening , Family Violence Prevention , Teej Festival , Family Picnic जस्ता बिभिन्न कार्यक्रमहरु सफलता पुर्वक सम्पन्न गरिसकेको छ ।
दिदीबहिनी समाज भिक्टोरीयाले भिक्टोरीयामा छरिएर बसेका नेपालीहरुलाई एकैठाउमा जोड्ने अभिप्रायका साथ भिक्टोरीया बिभीन्न स्थानमा अभिभावक हब को शुरूवात गरिसकेको छ। मेल्बोर्नको वेरेवीमा “Happy Women Happy Family” अन्तर्गत कार्यक्रमहरु शुरुवात भई सकेको छ भने अन्य सवर्वहरुमा शुरुवात हुने क्रममा रहेको छ।
लैङ्गीक समानताका कुरा गर्दै गर्दा नेपाल मात्र होईन विश्वका धेरै रास्ट्रमा अहिले पनि नारी उत्पीडन र असमानताका मुद्धाहरु उत्तीकै दबिएर वा दबाएर राखिएको छ। परिबर्तन आफैबाट गर्नू पर्छ र यसको बिरुद्ध सबै एक जुट भएर समान समाजको निर्माण गर्नु पर्छ भन्दै बिगतका केही वर्षदेखी दिदी बहिनी समाजले हरेक वर्ष समाजलाई झक्झकाउने कार्य गर्दै आएको छ।

