eNepal

नीरु त्रिपाठीद्वारा लिखित उपन्यास ‘पेरिस्कानो’ मेल्बोर्नमा लोकार्पण

प्रेम,पिआर र परिस्थितिको शिकार भएकी एउटी युवतीको मार्मिक र प्रेरक गाथाले लिपीएको उपन्यास “पेरिस्कानो” गएको आईतबार मेल्बोर्नको साईप्रस कम्युनिटी हलमा एक बिशेष कार्यक्रमका बिच लोकार्पण गरिएको छ। 

सो कार्यक्रममा नेपालका तर्फबाट भिक्टोरीया राज्यका लागि नेपाली अबैतनीक महाबाणिज्य राजदूत चन्द्र योण्जन, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कंडेल , अस्ट्रेलीयन नेप्लिज मल्चिकल्चरल कम्युनिटीका सचिब नारायण काफ्ले , नेप्लिज एसोसियसन अफ भिकटोरीया (न्याभ)अध्यक्ष तारा गैरे, समीक्षक प्रकाश सुबेदी लगाएत दुई साना कन्याहरुले एकसाथ पुस्तकको विमोचन गरेका थिए। 

पुस्तक लोकर्पण कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि भिक्टोरीयाका  महाबाणिज्यदुत चन्द्र योञ्जनले साहित्य बिनाको समाज कल्पना समेत गर्न नसकिने  कारण साहित्यले समाजको चित्र छर्लंग हुने बताउनु भयो। भिक्टोरीयाको नेपाली समुदाएको लागि मेरुदण्डको रुपमा रहेकी नीरुले समुदायमा महत्वपुर्ण भुमीका खेलेको बताउँदै आफ्नो व्यस्त दैनीकीबाट फुर्सद निकालेर उपन्यास लेख्न सहज पक्कै छैन भन्दै उनीको यो कार्यको मुक्तकण्ठले प्रशंसा गर्नु भएको थियो।

त्यस्तै गरेरे एनआरएनए अस्ट्रेलीयाका अध्यक्ष केशव कन्डेलले निरु समुदाएको एकदम क्रियाशिल सदस्यका साथै उमेरले सानी भएपनि रायसल्लाह सुझाव दिनको लागि  सदैव राजी हुने धारणा व्यक्त गर्नु भएको थियो।

एएनएमसीका सचीव नारायण काफ्लेले उनले चालेका साहित्यको पाईलाले शिखर टेकुन र चाडै उनका कृतीले मदन पुरस्कार हात पारुन भन्दै बधाई र शुभकामना व्यक्त गर्नु भएको थियो। 

न्याभ अध्यक्ष तारा गैरे लगाएत अजी एक्सन बोर्डका निर्देशक ग्रेमी केन्टले बधाईका साथै शुभकामना व्यक्त गर्नु भएको थियो।

पृथक तरिकाले संचालन गरिएको कार्यक्रममा सानी बालिका सुप्रिया सेढाइले स्वागत मन्तब्य राखेकी थिइन्। 

पङ्कज अधिकारीले पेरिस्कानो को पर्दा पछाडीका अदृश्य कथाहरुको बारे आफ्नो धारणा राख्नु भएको थियो भने समीक्षक प्रकाश सुबेदीले यस पुस्तकको समिक्षा गर्नुभएको थियो।

लेखिका नीरु त्रिपाठीले आफ्नो यो पहिलो सृजना भएका कारण पनि यसको आफुलाई पहिलो बच्चा पहिलो प्रमि जस्तै निकै माया लागेको बताईन। प्रबासको ब्यस्त दैनिकीमा पुस्तक लेख्न सहज नभएको बताउदै सन्तानको मुख देख्ना साथ प्रसब पिडा बिर्सेकी एउटी आमा जस्तै पेरिस्कानो हातमा परे पछि सबै कुरा बिर्सेको बताईन।  आफुले कल्पना गरेका आफुले सोचेका बिबिध कुराहरु अनि जीवनमा प्राप्त गरेका नगरेका सबैलाई पात्र खडा गरेर उसैमा ती घटना घटित भएको देखाउन सक्ने शक्तिशाली व्यक्ति लेखक हुने बताउदै यस मानेमा आफुले उठान गरेका पात्रहरुलाई पनि आफुले राम्रै न्याय गरेको बिश्वास पनि निरुले व्यक्त गरिन ।

कार्यक्रमलाई दिकपाल देव पङ्गेनीले सन्चालन गर्नु भएको थियो भने ज्योती, पुस्पा, सुरुची, अस्मिता, नताशाले नृत्य प्रस्तुती गरेका थिए।

कार्यक्रममा भिक्टोरीया नेपाली समुदाएका प्राय अग्रज व्यक्तित्वहरु लगाएत बिभीन्न नेपाली सँघ सँस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

पचास डलर टिकट राखिएको पुस्तक बिमोचनको कार्यक्रमबाट उठेको रकम अस्ट्रेलीयन नेप्लिज मस्टीकल्चर सोसाईटीले बनाउन लागेको नेपाली सामुदायीक भवनलाई सहयोग गर्ने उध्घोष गरिएको छ। कार्यक्रमको अन्त्यमा अस्ट्रेलीया नेपाल पव्लीक लिङ्कका प्रेसीडेन्ट निराजन गौलीले उपस्थित सबैलाई धन्यबाद व्यक्त गर्नु भएको थियो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal