एस ईभेन्ट्स एण्ड मल्टीमिडीया मेल्बोर्नबासीको लागि खासै नयाँ नाम होईन। यो ईभेन्टले मेल्बोर्नमा धेरै भव्य र अविस्मरणीय कार्यक्रमहरु गरि सकेको छ जस मध्य साङ्गीतिक जात्रा प्राय माझ लोकप्रीय कार्यक्रममा पर्दछ। होली पर्वको अवसर पारेर हरेक दुई बर्षमा मनाईदै आएको साङ्गितीक जात्रालाई बहुसाँस्कृतीक कार्यक्रमको रुपमा हेर्ने गरिएको छ।
सन् २०१२मा ईनडोर कार्यक्रमको रुपमा शुरुवात गरिएको साङ्गितीक जात्रालाई सबैले आउटडोर कार्यक्रमको रुपमा आयोजना गर्न आग्रह गरे पछि सन् २०१४मा पहिलो पटक ग्लेनरोयको खुल्ला आकाशमा साङ्गितीक जात्रा आयोजना गरिएको थियो।
त्यस पछि सन् २०१६ मा ब्राउनस्विकमा आयोजना गरिसकेको साङ्गितीक जात्रामा चर्चित गायकहरु रामकृष्ण ढकाल, संजीव सिंह, प्रशान्त तामाङ लगायत स्याडोज ब्यान्डले आफ्नो सांगीतिक प्रस्तुति दिइसकेका छन् ।
यसैलाई निरन्तरता दिदै यो बर्ष मेल्बोर्नको मुटु फेडरेसन स्कायरको The Paddock मा पुन: साङ्गितीक जात्रालाई निरन्तरता दिदै एसईभेन्ट्सले जात्रा नामक साङ्गितीक कार्यक्रम आयोजना गर्ने भएको छ।
आउँदो ८ मार्चमा हुने जात्रामा पछिल्लो पुस्ताका चर्चीत एवम् लोकप्रीय गायक नितेशजङ कुँवरको साथ स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ।
गीतसङ्गीत, खाना र रङको समिश्रणमा मनाउन लागिएको जात्राले पक्कै पनि नेपाली सङ्गीत र सँस्कृतीलाई बिदेसी सामु चिनाउन मुख्य भुमीका खेल्ने छ।

