eNepal

ओसिनीया स्पोर्टस मिट फण्डरेजर डिनर हुँदै

भिक्टोरीयाबाट यहि १० देखी १३ अप्रील सम्म राजधानी केनबेरामा आयोजना हुन लागेको ओसिनीया स्पोर्टस मिटमा सहभागिता जनाउने खेलाडी, प्रशिक्षक, लगाएत व्यबस्थापन टिमलाई चाहिने आर्थीक सहयोग जुटाउने हेतुले शनिबार, १४ मार्च २०२० मा मेलबर्नको साइप्रस कम्युनिटी हल, इस्टब्रन्स्विकमा फन्डराइजिङ्ग डिनर कार्यक्रम आयोजना हुँदैछ। उक्त फन्डरेजबाट उठेको रकम खेलाडीहरुको जर्सी, यातायात, खाने र बस्नेमा खर्च गरिने छ।

साथै भिक्टोरियन ओसिनीया टीमलाई समर्थन गर्न र खेलीडीहरुको मनोबल बडाउन  यस डिनर कार्यक्रममा रखिएको आयोजकले जानकारी दिएको छ।

५ औं ओसिनिया नेपाली स्पोर्ट मिट (ओएनएसएम) प्रतियोगिता आउँदो १० अप्रिल शुक्रवार देखि १३ अप्रिल सोमवार सम्म क्यानबेरामा संचालन हुदैछ । ओएनएसएमलाई अष्ट्रेलिया र ओसिनिया क्षेत्रमा नेपाली समुदाय भित्र मिनी ओलम्पिकको रूपमा चिनिन्छ। यस अवसरमा ७०० भन्दा बढी खेलाडीहरू र उनीहरूका परिवारका सदस्यहरू क्यानबेरा भ्रमण गर्नेछन्।

यो अष्ट्रेलियामा सबैभन्दा ठूलो नेपाली खेल भेला हो। भिक्टोरियाबाट लगभग १०० खेलाडीहरू ७० समर्थकहरू यस स्पोर्ट्स मिटको लागि क्यानबेरामा उपस्थित हुने  आश गरिएको छ। खेलाडीहरू विशेष गरी विद्यार्थी र टिमहरू जस्तै: क्रिकेट, फुटबल, भलिबल, बास्केटबल आदिको लागि सहभागी हुन आवस्यक आर्थिक सहयोग गर्न फन्डराइजिङ्ग डिनर कार्यक्रमको लक्ष रहेको छ।

थप जानकारीको लागि यो लिङ्कमा क्लिक गर्नु होला।

https://www.ticketplus.com.au/event/oceania-nepali-sport-meet-victoria-fundr

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal