eNepal

एडिलेडमा नै पहिलो पटक नेप्लिज इन एडिलेडले टेबल टेनिस प्रतियोगिता आयोजना गर्दै

एडिलेडमा नै पहिलो पटक नेप्लिज इन एडिलेडले टेबल टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ । २०२० मार्च  २१ शनिबारका दिन फ्रेस चुल्हो रेष्टुरेन्टमा आयोजना हुने भनिएको यस कार्यक्रममा करिब ५० जना प्रतियोगीहरुले भाग लिने जानकारी कार्यक्रम संयोजक सन्जिव लामिछानेले दिनुभयो । 

नेपालबाट एडिलेडमा बसोबास गर्दै आउनु भएका सम्पूर्ण नेपालीहरुलाई एकजुट पारी भाइचाराको सम्बन्ध कायम राख्नका निम्ति यस्ता कार्यक्रमको अहम भुमिका रहने कुरा सहर्ष जानकारी गराउदै यस कार्यक्रममा प्रतियोगीहरुलाई चार समुहमा बिभाजन गराएको कुराको  सुचना प्रवाहा गर्नु भयो । समूह अन्तर्गत बच्चा समूह(१८ वर्ष मुनि) , पुरुष (१८-३५), महिला(१८-३५) र अर्को ३५ वर्ष माथिका प्रतियोगी रहनेछन् ।

कार्यक्रममा प्रवेश शुल्क $१० लाग्नेछ भने खाजा नास्ताको व्यवस्था पनि गरिएको कुरा आयोजक नेप्लिज इन एडिलेड ले बताएको छ । सम्पुर्ण नेपालीहरुलाई यस प्रतियोगितामा सहभागी हुन हामीले पनि हार्दिक अनुरोध गर्दछौं ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal