अष्ट्रेलियन नेपाली बहु-सांस्कृतिक केन्द्रले लामो समयको कसरत अनि बाधा र अड्चन पछि अन्ततः गएको साल उध्घोष गरेको एउटा घर सहितको १५ एकड़ करिब ६०,७०० बर्ग मिटरमा फैलीएको जग्गा रहेको मेलबर्न शहर नजिकै डिगर्स रेष्ट भन्ने ठाउँको जग्गा किनेको जानकारी एएनएमसीको अफिसियल पेज मार्फत जानकारी गराईएको छ।जानकारीमा हिजो शुक्रबार जग्गाको सेटलमेन्ट भएको बताईएको छ।
गएको दुई बर्षको समयमा मेल्बोर्नका बिभीन्न ठाउँका जग्गा अबलोकन देखी जग्गा चयनमा कस्साकस्सीका साथ लागेको डा. चन्द्रदिपक पोखरेलको नेतृत्वको एएनएमसीले यो स्थान सम्म पुग्न सफल भएको हो। भलै यो शुरुवात मात्र हो अब यसलाई नेपाली सामुदायीक भवनको स्वरुप दिन भने पक्कै केही समय लाग्ने छ।
दुई बर्षको कार्यअवधी सकिनै लाग्दा भएको यो उपलब्धी प्रती सबै भिक्टोरीयाबासी नेपाली समुदाए, एएनएमसीका सदस्यहरु, सल्लाहाकारहरु, सहयोगी हातहरुलाई धन्यबाद दिदै अध्यक्ष डा. पोखरेल यो यात्रा लामो रहेकोले सबैको साथ सहयोग र सल्लाह अपरिहार्य रहेको जानकारी गराउनु भयो।
आजको यो स्थान सम्म पुग्नुमा यस भन्दा अगाडीको रण्जन बैधको नेतृत्वको टिमको ठुलो देन रहेको छ।
यो परियोजनाको लागि कबुल गरिएका सबै दान रकम नउठेको र मौजुदा रकम अपर्याप्त भएकोले यो जग्गा किन्नको लागि अपुग रकम एएनएमसिले बैकबाट ऋण लिएको कारण सम्पूर्ण सदस्य महानुभावहरु लाई कबोल रकम जम्मा गरिदिनु हुन र अन्य रकम उठाउन सहयोग गरिदिनु हुन केन्द्रका सचिव नारायण काफ्ले ले अनुरोध समेत गर्नुभयो ।
बिबिध कार्यक्रमहरु जस्तै पूजापाठ र अन्य सामुदायिक कार्यक्रमहरु गर्नलाई काउन्सिलबाट अनुमति लिनु पर्ने हुन्छ त्यसको लागि अब छिटै आवेदन दिईने जानकारी समेत सचिव नारायण काफ्लेले दिनुभयो ।

