eNepal

एनआरएनए भिक्टोरीयाले मार्चमा आयोजना गर्न लागेका तीन कार्यक्रम, हेर्नुहोस् कहाँ र कहिले

एनआरएनए भिक्टोरीयाले आगामी मार्चमा तीन भिन्न कार्यक्रमहरु आयोजना गर्न लागेको छ। अन्तरास्ट्रिय नारी दिवसको अवसर पारेर नारी निकुण्ज भिक्टोरीयाले आगामी ८ मार्च २०२० आईतबारका दिन मेल्बोर्नको ग्लेनरोयको निम्म ठेगाना 5 Cromwell Street Glenroy मा अपरान्ह तीनबजे देखी छ बजे सम्म एकदिने आत्मरक्षा सम्बन्धी तालीम दिने भएको छ। जम्मा पच्चिस जनाको सिट सङ्ख्या रहेकोले यथासिघ्र आफ्नो सिट सुरक्षित राख्न यी नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ।

काजल किरण- 0411744483

राधिका बोगटी- 0450033376

त्यस्तै गरेर एनआरएनए भिक्टोरीया र न्याभले WIRE (Womens Information Referral Exchange)सँगको सहाकार्यमा समुदाएमा भई रहेको Gender Equality and preventing family violence बारे प्रशिक्षण एवम् साक्षात्कार कार्यक्रम गर्दैछ। Lord of Spices Restaurant मा आयोजना हुने सो कार्यक्रम ९ मार्च दुई बजे देखी पाँच बजे सम्म हुँदैछ। 

मार्च महिनामै एनआरएनए भिक्टोरीया राज्य समितीले अभिभाबकहरुको लागि  Parents Retreat कार्यक्रम आयोजना गर्ने भएको छ।जेष्ठ अभिभावकहरुको लागि दुई दिनको कार्यक्रममा मेडीटेसन्, आध्यत्मिक सेसन, योगा, भजन लगाएत अन्य मनोरन्जनात्मक गतिबिधीहरु हुने छन्। ५५ बर्ष उमेर माथिका आमा बाहरुको लागि गरिएको कार्यक्रम निशुल्क रहेको छ भने मेडिक्यर वा स्वास्थ्य बिमा अनिबार्य भएको हुनु पर्नेछ। चौध र पन्ध्र मार्चमा हुने यो कार्यक्रम Brahma kumaris centre for spiritual, Frankston मा हुँदैछ। थप जानकारी तलको पोस्टरमा हेर्न सक्नु हुनेछ।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal