eNepal

नारी निकुण्ज भिक्टोरीयाले मेल्बोर्नमा एकदिने आत्मरक्षा सम्बन्धी तालीम दिदै

अन्तरास्ट्रिय नारी दिवसको अवसर पारेर नारी निकुण्ज भिक्टोरीयाले आगामी ८ मार्च २०२० आईतबारका दिन मेल्बोर्नको ग्लेनरोयको निम्म ठेगाना 5 Cromwell Street Glenroy मा अपरान्ह तीनबजे देखी छबजे सम्म एकदिने आत्मरक्षा सम्बन्धी तालीम दिने भएको छ। जम्मा पच्चिस जनाको सिट सङ्ख्या रहेकोले यथासिघ्र आफ्नो सिट सुरक्षित राख्न यी नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ।

काजल किरण- 0411744483

राधिका बोगटी- 0450033376

अस्ट्रेलीयन तेक्वान्दो खेलीडी अनि राज्य स्तर र युनिभर्सिटी नेश्नलबाट गोल्ड मेडलीस्ट अईरा जोबोर्स्कीबाट प्रदान गरिने सो तालीमबाट भैपरी आउने घटनामा आफ्नो सुरक्षा कसरी गर्ने, दुर्घटना भैई हाले त्यसको बचाउ कसरी गर्ने, लगाएत कहाँ कसलाई खवर गर्ने जस्ता सामान्य जानकारी दिने जनाईएको छ। जोबोर्स्की लाट्रोब तेक्वान्दो टीमका भुत्पुर्व प्रेसीडेन्ट पनि हुन्।

पछिल्लो समय अस्ट्रेलीयामा बसोबास गर्ने नेपालीहरु माँझ धेरै घरेलु हिंसाका घटनाहरु भई रहेको छ। यसबाट महिला पुरुष दुवै पिडीत रहेको जनगुनासो आई रहेको छ। यस्तो बेला के गर्ने कसलाई भन्ने बारे प्राय अनबिज्ञ रहेको देखिन्छ। यस्तो बेला आफ्नो सुरक्षा प्रमुख हुन्छ।यसैलाई मध्यनजर लगाउँदै यो तालीम दिन लागिएको हो।

यो तालीमले आत्मरक्षा मात्र नभएर मनोबल बढाउनुका साथै शारिररीक तन्दुरुस्ती राख्नमा समेत मद्दत गर्दछ। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal