eNepal

१०औं कन्डेल कन्सल्टेन्सी कप रास्ट्रिय फुटवल टुर्नामेन्ट मेल्बोर्नमा हुँदै

कन्डेल कन्सल्टेन्सीको मुख्य प्रायोजन अनि यती फुटबल क्लव मेल्बोर्नको आयोजनामा मेल्बोर्नको डेरवीन ईन्टर्नेश्नल स्पोर्ट्स सेन्टरमा आगामी ७ मार्च देखी ८ मार्च सम्म दशौं  कन्डेल कन्सल्ट्यान्सी कप हुने भएको छ। खुल्ला उमेर समुहमा चौबीस टीम, फरएभर योङ समुहमा सात टीम गरेर जम्मा ३१ टीमहरु यो प्रतीयोगितामा सहभागीता जनाउदै छन्। डेरवीन ईन्टर्नेश्नल स्पोर्ट्स सेन्टरको तीन खेल मैदानमा दुई दिन सम्म हुने यस प्रतीयोगीतामा मेल्बोर्न, सिड्नी, क्यानबेरा, टास्मानिया, ब्रिसबेन र एडीलेडका टीमहरुले भाग लिदै छन्।

नगद दश हजार डलर राशी सहितको यो प्रतीयोगीतालाई अस्ट्रेलीयाको नेपाली समुदायमा प्रतिस्ठित कपको रुपमा हेर्ने गरिएको छ। 

खुल्ला उमेर समुह तर्फ सिड्नीबाट बेनी फुटबल क्लव, फेवा फुटबल क्लव, हिमालयन युथ क्लव, लालीगुराँस फुटबल क्लव, माछापुच्छ्रे फुटबल क्लव, सगरमाथा फुटबल क्लव, सेन्ट जर्ज नेप्लिज क्लव, तामाङ रिक्रीयसनल क्लव, द राईजिङ गोर्खाज् र वेस्ट युनाईटेड फुटबल क्लवले सहभागीता जनाउँदै छन् भने मेल्बोर्नबाट क्रेगीबन फुटबल क्लव, चन्द्रसुर्य फुटबल क्लव, फ्रेन्ड्स फुटबल क्लव, रोयल फुटबल क्लव, रोयल वेस्टर्न फुटबल क्लव, साउथ ईस्ट फुटबल क्लव, यती फुटबल क्लव हरियो, यती फुटबल क्लव रातो र यती फुटबल क्लव निलोले सहभागीता जनादैछन्। त्यसै गरि एडिलेडबाट एडिलेड खुकुरी फुटबल क्लव र अस्ट्रेलीयन भुट्निज फुटबल क्लव, टास्मानियाँबाट अस्ट्रेलीयन भुट्निज ड्रेगन सकर क्लव, क्यानबेराबाट क्यानबेरा नेप्लिज फुटवल क्लव र ब्रिसबेनबाट फरएभर योङ् फुटबल क्लवले सहभागीता जनाउने भएका छन्।

 त्यस्तै गरेर पैतीस बर्ष माथी समुहको प्रतीस्पर्धाको लागि मेल्बोर्नबाट एभरेस्ट फुटबल क्लव, फुटबल फर फन र यती फुटबल क्लव, सिड्नीबाट हिमालयन युथ क्लव, माछापुच्छ्रे फुटबल क्लव, सेन्ट जर्ज नेप्लिज फुटबल क्लव र क्यानबेराबाट क्यानबेरा नेप्लिज फुटबल क्लवले सहभागीता जनाउँदै छन्। 

बालबालीकाको लागि कृयाकलाप, लेडीज प्यानल्टी सुटआउट, ओपन क्रसबार च्यालेन्ज, एजुकेसन एण्ड माईग्रेसन र होम बाईङ एण्ड फाईनेन्सका छुट्टा छुट्टै सुचना स्टलहरु रहने यस प्रतियोगितामा सबै खेलकुद प्रेमी भिक्टोरीया बासीहरुलाई सहभागीता जनाएर खेलाडीहरुलाई प्रोत्साहन र मनोबल बढाउन आयोजक यती फुटबलका प्रेसिडेन्ट राज शर्माले आग्रह गर्नु भएको छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal