eNepal

भिक्टोरीयामा पहिलो पटक न्याभ बहुसाँस्कृतीक सकर प्रतियोगिता हुँदै

नेप्लिज एसोसियसन अफ भिक्टोरियाले  रोयल वेस्टर्न फुटबल क्लबसँग सहकार्य गर्दै पहिलो पटक न्याभ बहुसाँस्कृतीक सकर प्रतियोगिता भिक्टोरियामा आयोजना गर्ने भएको छ। केइलर पार्क सकर क्लब , स्टडियम ड्राइभ केइलरमा २२ फेब्रुअरी शनिबार बिहान ८ बजे बाट सुरु भइ साँझ ५ बजे सम्पन्न हुने उक्त प्रतियोगितामा नेपाली र अन्य समुदायका गरी ८ वटा  क्लवहरुले प्रतिस्पर्दा गर्ने भएका छन्।  

अल्बियोन थण्डर फुटबल क्लव,  भुट्निज थण्डर फुटबल क्लव, मेल्बोर्न लम्बासा फुटबल क्लव, फुट्सक्रे रेन्जर फुटबल क्लव, रोयल वेस्ट्रन फुटबल क्लव, यती फुटबल क्लव, युनाईटेड फुटबल क्लव, हिमालयन फुटबल क्लवको बिच हुने सो प्रतीयोगिता सन्चालन गर्नको लागि भिक्टोरीयन बहुसाँस्कृतिक आयोगबाट आर्थिक सहयोग प्राप्त भएको छ।

खेलको माध्यमबाट भिक्टोरियामा रहेका विभिन्न समुदाय बिच साँस्कृतिक सद्भाव बढाउने उदेश्यका साथ सो प्रतीयोगिता आयोजना गर्न लागिएको हो। भिक्टोरीयामा रहेका सम्पुर्ण खेलप्रेमीहरुलाई सहभागी भइ कार्यक्रमलाइ सफल बनाउन सहयोगका लागी आयोजक संस्था न्याभका अध्यक्ष तारा गैरेले आग्रह गर्नुभएको छ । रोयल वेस्टर्न क्लबका अध्यक्ष बम योन्जनले आफ्नो क्लबले न्याभको यस कार्यक्रममा सहकार्य गर्न पाउदा गर्ब महशुस भएको र यसको सफलताको लागि क्लब दत्तचित्त भएर लागिपरेको बताउनु भएको छ ।

प्रतियोगितामा भिक्टोरिया सरकारका प्रतिनिधिहरु,  नेपाली संघ सस्था, स्थानीय बासिन्दा तथा विभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति रहने रोयल वेस्टर्न क्लबका उपाध्यक्ष तथा मल्टिकल्रचरल सकर टुर्नामेण्ट संयोजन कमिटीका सदस्य रोशन दाहालले बताउनु भएको छ । उक्त प्रतियोगितामा विभिन्न क्रियाकलाप जस्तै केटाकेटीहरुका लागी फेस पेन्टिङ, किड्स फन लगाएत अन्य रमाइला कार्यक्रमहरु रहेको न्याभका कोषाध्यक्ष तथा सम्योजन कमिटीका सदस्य प्रकाश काजी थापा तथा रोयल वेस्टर्न क्लबका मेनेजर दिपेन्द्र खड्काले बताउनु भएको छ । उक्त टुर्नामेण्टलाई भिक्टोरियन मल्टिकल्रचरल कमिसन तथा एनआरएनए भिक्टोरियाको साथ र सहयोग रहेको छ ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal