दिदीबहिनी समाज भिक्टोरीयाको “Happy Women Happy Family” योजना अन्तर्गत मेल्बोर्नको पश्चिममा पनि अब नियमित रुपमा बिशेष मनोरन्जनात्मक कार्यक्रमहरु हुने भएका छन्। बिशेष गरेर नेपालबाट घुम्न होस् या नातीनातीनालाई रेखदेख गर्न या अन्य प्रायोजनका लागि आउनु भएका बा आमालाई लक्ष्क्षीत गरेर यो बिशेष कार्यक्रम ल्याउन लागिएको हो।
छोरा छोरी काममा जाने अनि घर भित्र लामो समय सम्म बसी रहँदा बा आमाहरुलाई न्यास्रो लाग्नु स्वभाबिकै हो। यसो जाउँ कता जाउँ न चिनेको भेटिने, न भाषानै मिल्ने घर भित्र टिभी हेरेर कति बस्ने। यहि न्यास्रोलाई केही भए पनि राहत दिलाउन दिदी बहिनी समाज भिक्टोरीयाले मेल्बोर्नको पश्चिममा पनि यो बिशेष कार्यक्रम गर्न लागेको हो।
यसैलाई मध्यनजर लगाउँदै यहि आईतबार २३ फ्रेबुअरीका दिन रिभरवाक भिलेज पार्क वेरेबीमा बिहान ठिक दश बजे भेटघाटको कार्यक्रम तय गरिएको छ। यदि तपाईहरु आफ्ना अभिवावकहरुलाई यस कार्यक्रममा सामिल गराउन चाहानु हुन्छ या आफै अग्रसर भएर यो कार्यमा सहकार्य गर्न गराउन चाहानु हुन्छ भने उपस्थितीको लागि अनुरोध गरिएको छ। थप जानकारीको लागी निम्न फोन नम्बरहरुमा सम्पर्क गर्न सक्नु हुनेछ।
SmriTi Luckki Ghimire (0449662041)
Roshani Shrestha (0438952712)

