eNepal

भिक्टोरीयामा प्रथम न्याभ बहुसाँस्कृतीक सकर प्रतियोगिता हुँदै, न्याभकप क्रिकेटको फाईनल २३ फेब्रुअरीमा

नेप्लिज एसोसियसन अफ भिक्टोरियाले  रोयल वेस्टर्न फुटबल क्लबसँग सहकार्य गर्दै पहिलो पटक न्याभ बहुसाँस्कृतीक सकर प्रतियोगिता भिक्टोरियामा आयोजना गर्ने भएको छ। केइलर पार्क सकर क्लब , स्टडियम ड्राइभ केइलरमा २२ फेब्रुअरी शनिबारको दिन हुने उक्त प्रतियोगितामा नेपाली र अन्य समुदायका गरी ८ वटा  क्लवहरुले प्रतिस्पर्दा गर्ने भएका छन्।  

उक्त प्रतियोगिता सन्चालन गर्नको लागि भिक्टोरीयन मल्टिकल्चरल कमीसनबाट  आर्थिक सहयोग पनि प्राप्त भएको आयोजकले जानकारी दिनु भएको छ।  

साथ साथै न्याभकप क्रिकेट प्रतीयोगिताको १५ औं सँस्करणको फाईनल खेल २३ फेब्रुअरी आईतवारको दिन TW BLAKE PARK PRESTON मा हुँदैछ   

उक्त दिन बालबालिकाहरुको लागि किड्स क्रिकेट क्लिनिकको साथ साथै अस्ट्रेलियाको बुसफायर रिलिफ़ फण्ड ( Bushfire Relief Fund ) को लागि च्यारिटी खेल पनि हुने आयोजकले जनाएको छ।

नेप्लिज एसोसियसन अफ भिक्टोरियाले वार्षिक रुपमा बिभिन्न खेल्कुदको गतिबिधि मार्फत बिशेष गरी विद्यार्थी  र बालबालिकाको लागि लक्षित् गरी कार्यक्रम गर्दै आईरहेको छ । उक्त कार्यक्रमहरुमा सहभागि भएर खेलाडीहरुको मनोबल बढाउन हार्दिक अनुरोध गरेको छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal