गैरआवासीय नेपाली संघ (एआरएनए) मा आवद्ध रहने साथै नेपाली राजनितिक पार्टीका भातृसंगठनमा पनि पद लिने पदाधिकारीहरु लाइ एआरएनएले तत्काल राजिनामा गर्न आदेश दिएको छ तर दुवै तिर पद लिने राजीनामा नदिनेहरुलाई निलम्बन गर्ने भएको छ।एआरएनएका महासचिब डा।हेमराज शर्माले हिजो मंगलबार प्रेस बिज्ञप्ति जारि गरेर सो चेतावनी दिएका छन।
अन्तराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदका पदाधिकारी साथै सदस्यहरु नेपालका विभिन्न राजनीतिक दलको भातृसंगठनको कार्यसमितिमा संलग्न रहेको थहाहुन आएको भनि विज्ञप्तीमा उल्लेख गरिएको छ। एआरएनएको निर्बाचन नियमावलीको दफा ७।६ मा एआरएनएको कार्यकारी पदमा भएका व्यक्तिहरु कुनै पनि धार्मिक,जातिय र राजनितिक सस्थाको कार्यकारी समितिको पदाधिकारी अथवा सदस्यमा पदभार ग्रहण गरेको खण्डमा निजलाई पदबाट वर्खास्त गरिने व्यवस्था छ । यदि यसरि आवद्द भएका पदाधिकारीहरुले आफु संलग्न भएको संगठनबाट राजीनामा दिएको स्वः घोषणा गरी यसको जानकारी फेब्रुअरी २० सम्म संघका महासचिवलाई लिखित जानकारी दिन आग्रह गरिएको छ । तोकिएको मिति सम्म कुनैपनि जानकारी नआएको खण्डमा निज व्यक्तिलाइ पदबाट वर्खास्त गरी कार्वाही अगाडी बढाइने संघले विज्ञप्ती मार्फत जनाएको छ ।

