eNepal

मेल्बोर्नमा दुई दिने मानसिक स्वास्थ्य प्राथमिक उपचार तालीम सम्पन्न

अस्ट्रेलीयन नेप्लिज पब्लिक लिङक भिक्टोरीयाको (एएनपीएल)आयोजनामा मेल्बोर्नको ग्लेनरोयमा सहजकर्ता भरत नेपालबाट निशुल्क दुई दिने मानसिक स्वास्थ्य प्राथमिक उपचार तालीम सम्पन्न भएको छ। तालीमबाट बिसजनाले लाभ लिएका थिए।

एएनपीएलले सिड्नीमा यसै सम्बन्धित छवटा तालिम सम्पन्न गरिसकेको छ भने मेलबोर्नमा तिनवटा सत्र सम्पन्न गरिसकेको छ । आउदो २२ र २ २३ फेबुअरीमा जिलोंगमा पनि मानसिक स्वास्थ्य प्राथमिक उपचार तालीम कार्यक्रम आयोजना हुदै छ । मस्तिष्क स्वास्थ्य प्राथमिक उपचार सहायता प्रशिक्षण (MHFA) तस्मानियामा पनि एकपटक तालिम सम्पन्न भैसकेको छ ।

एएनपिएलले अहिलेसम्म विभिन्न स्थानमा सडक र पैदल यात्री सुरक्षा जागरूकता कार्यक्रम गरिसकेको छ। मेलबोर्नका छ भिन्नाभिन्नै स्थानमा पानी सुरक्षा र घर, कार सुरक्षा र बीमा जागरूकता कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिसके छ साथै मेल्बोर्नका नेपाली भाषा सिकाउने केही स्कुलहरुलाई  सहयोग पुर्याई सकेको छ ।

अब छिट्टैनै बिधार्थीहरुलाई बिशेष प्राथमिकता दिदै भिक्टोरीयन सरकारबाट भर्खरै परिबर्तन भएको सडक सम्बन्धी नियम र सवारी चालक अनुमती पत्रको लागि पाँच सैद्धान्तीक र तिन व्याबहारीक तालीम दिने आयोजक निराजन गौलीले बताउनु भयो। चाालिस जनाको कोटा रहेको हुनाले ईच्छुक व्यक्तिहरुले तलको लीङ्कमा गएर EOI भर्न सक्नु हुनेछ।

https://docs.google.com/forms/d/e/1FAIpQLScRIlK1B2oYfqDECHf4T7SBcRf-bN59GFtl_jeDVNOm01889Q/viewform?vc=0&c=0&w=1

एएनपीएलले भिक्टोरीया वरपर रहेका १० नेपालीलाई बाइक प्रशिक्षण सम्बन्धी तालिम प्रदान गर्ने योजना राखेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal