eNepal

जन्मदिनको शुभकामना बुवा !!

पुजनीय बा,
जन्मदिनको लाख लाख बधाई !

हामी जहाँ पुगे पनि हजुरकै छायाँ, हाम्री ममतामयी आमाको मायाँ । समयले आज हामीलाई भूगोलको वल्लो छेर र पल्लो छेउमा पुर्याएको छ । प्रशान्त महासागर हाम्रो साक्षी । बा, आज हामी हजुरका सन्तान मिलेर यो पत्र लेख्दैछौँ । आजको विशिष्ट दिनमा सन्तानको तर्फबाट केही बोल्नु हाम्रो अधिकारमात्र होइन, कर्तव्य भएझैँ लाग्यो । त्यही भएर हाम्रो यो सानो शब्दोपहार स्वीकार गर्नुहोला भन्ने आशामा छौँ । बा, हामी कस्ता भयौँ ? के भयौं ? हजुरको सपना साकार भयो वा भएन, त्यो त थाहा भएन, तर हामीलाई जुन शिक्षादीक्षा र संस्कार दिनुभयो त्यसलाई अक्षरश पालना गरेझैँ लाग्दछ । हामीले सुख दिन सक्यौँ या सकेनौँ, त्यो आफ्नो ठाउँमा छ । तर हाम्रो कारणले तपाइहरुको शिर झुकेको र मन खिन्न नभएको कुरामा हामी ढुक्क छौँ । हामी हजुरहरुको सन्तान भएर यो धरतीमा आउन पाएकोमा आफूलाई निकै भाग्यमानी ठान्दछौँ । टाढा भयौँ । बाध्यता थियो वा रहर, पछि थाहा होला । ठीक भयो वा बेठीक, पछि थाहा होला । धेरै नेपाली सन्तानको नियति नै त्यस्तै भनौं भने हरेक मुलुकको कहानी उही हो । पखेटा लागेपछि जहाँका बचेरा पनि उड्ने रहेछन् । संसार नै आप्रवासीहरुको गोलचक्कर रहेछ , आखिर घाम, पानी, हावा, माटो उही हो । मानवता जहाँ पनि पुजिन्छ । कमैयोग जहाँ पनि महत्त्वपूर्णनै छ । बा, संसारको केही भाग त आफैँ घुम्नुभयो । हामी दाजुभाइ १० वर्षभित्र नेपाललाई जन्मथलो मात्रै नभएर कर्म थलो पनि बनाउने छौँ । बा हामीले इमान र सीपको महत्त्व बुझेका छौँ । समय र कर्मयोगलाई कण्ठ बनाएर जेट चढेका हौँ । बा, हामीलाई थाहा छ हजुरको पीडा । तर हजुर हरेक पीडालाई पेडा बनाएर पचाइदिुहुनछ । आखिर मान्छे मान्छे नै हो । जे सोचर आइन्छ विदेश, फरक हुन्छ । राम्रो छ तर नराम्रोको पनि अभाव छैन । जहाँको सिक्कामा पनि दुइृ पाटा त हुन्छ नै । हामी आगो पचाएर आएका नेपाली सन्तान यो पानी नै पानीको मुलुकमा कत्ति पनि बिचलित भएका छैनौँ, हुदैनौ पनि झिनामसिना कुराहरुले हामीलाई छुन्न नै ।

अस अबसरमा बैकुण्ठमा बास गरिरहनु भएको हजुरबुवा हजुरआमालाई पनि सम्झन चाहान्छौ। स्कुल देखि कलेजसम्मको सम्पूर्ण गूरुहरुमा नमन । मामा घरको हजुरबुवा -हजुरआमा, ठुलो बा-ठुलीआमा, अंकल-आण्टी सम्पूर्णलाई हाम्रो प्रणाम । बा, हजुर र आमाको पनि बेलाबेलामा चेकअप गराउनुहोला । आशा छ, हाम्री दिदी कमलाले हाम्रो अनुपस्थितिमा हजुरहरुलाई उदास हुनबाट जोगाउनु हुनेछ । ह्याप्पी बर्थ डे टू यू…। -परदेशी सन्तान

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal