हिजो २४ जनवरी शुक्रवारका दिन योग शिविर मार्फत संकलित सहयोग रकम कन्ट्री फायर अथोरिटि (CFA),भिक्टोरीयालाई हस्तान्तरण गरियो। योग शिविर बाह्र जनवरीमा मेल्वर्न शहरको ,लेलोर स्थित हस्किसन पार्कमा योगी मधुसुदन भेटुवलद्वारा बुशफायर पीडितको सहयोगार्थ सन्चालन गरिएको थियो।
उक्त योग शिविरको माध्यमबाट नगद र बैंकमार्फत रकम संकलित भएकोे थियो। उक्त रकम अस्ट्रेलियन दुई हजार एकाउन्न (AUD-$2051)बराबरको चेक हिजो शुक्रवार २४ जनवरी तारिकको दिन योग शिविर सन्चालनको लागी सहकार्य गर्ने साथी अष्ट्रेलिया ,नेप्लिज नेवरहुड कमिनिटीका प्रतिनिधिहरु र सामाजीक अभियन्ता रोशनी श्रेस्ठको उपस्थितिमा कन्ट्री फायर अथोरिटी (CFA),भिक्टोरियाको कार्यलय बरवूड ईस्टका Deputy Chief Officer Mr. Alen Slijepcevic लाई हस्तान्तरण गरिएको थियो।
सह्योग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै साथी अष्ट्रेलिया ,नेप्लिज नेवरहुड कम्युनिटी को प्रतिनिधिहरुले बुश फायर पिडितको सहयोगको लागि स्वइच्क्षाले रकम दान गर्नुहुने सम्पूर्ण दिव्य आत्माहरुलाइ धन्यवाद दिनुभयो साथै सहयोग रकम संकलनको लागि योग शिविर सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष रूपमा मध्यस्थता गर्नु हुने सम्पूर्ण संघ सँस्था, सहयोगी मनहरू धन्यवादको पत्र रहेको पनि बताउनु भयो।
यसैगरी योग मार्फत मानसिक र शररिक स्वस्थ रहन र भौतिक प्रगति र आध्यात्मिक उन्नती गर्दै सेवाको भवना जगाउन निरन्तर लागी रहनु भएको योग गुरु मधुसुदन भेटुवालज्यु विशेष धन्यवादको पात्र हुनुहुन्छ, उहाँको बिषेश सहयोगको सम्मान गर्दछौ।
साथै उहाँको निरन्तर योग जागरणद्वारा समाज परिवर्तन गर्ने उद्देश्यलाई हामी सवैको भविष्यमा पनि साथ रहने छ योगभ्यासि तथा समाजिक अभिएन्ता रोशनी श्रेष्ठले भन्नु भयो । आउने दिनमा सवैलाइ निरन्तर ध्यान र योगका लागी तयार रहन पनि सामाजिक अभियन्ता,नेप्लिज नेवरहुड कम्युनिटीकी संयोजक अमृता गुरुङले बताउनु भयो।
सहयोगीहरुको नाम यस प्रकार छ


