अस्ट्रेलीयन नेप्लिज सिनीयर सिटीजन सोसाईटी र मेट्रोपोलीटन फाईर एण्ड एमर्जेन्सी सर्भिस बोर्डको संयुक्त प्रयासमा नेपालबाट अस्ट्रेलियामा भिजिटिङ प्यारेन्टको रुपमा आउनु भएका बुबाआमा तथा दाजुभाईहरुले गएको शनिबार फाएर सुरक्षा सम्बन्धी एकदिने तालीम लिएका छन्।
हाल अस्ट्रेलीयाका प्राय सबै राज्य डढेलोको चपेटामा परेको छ जसबाट कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ भने लाखौँ जनावर जलेर मरेका छन् । आगोलागीको खबर आईरहेको बेला आगोबाट कसरी बच्न सकिन्छ, बच्नलाई के कस्ता साबधानी अप्नाउनु पर्छ, आगोसँग स्बन्धित आधारभुत कुराहरु सो एकदिने तालीममा सिकाईएको थियो। मेट्रोपोलीटन फाईर एण्ड एमर्जेन्सी सर्भिस बोर्डका प्रतीनिधी रोड क्रोलीङबाट तालिम लिएका थिए। तालिमको शुरुवातमा बा आमाद्वारा अस्ट्रेलीयामा ढडेलोबाट मृत्युबरण गरेका अग्नीरक्षकहरुको सम्झनामा मौनधारण गरिएको थियो।
सो कार्यक्रममा अस्ट्रेलीयन मल्टीकल्चरल कम्युनिटी सर्भीसका किथ अनि समाजसेवी बम योन्जन, अस्ट्रेलीयन मल्टीकल्चरल कम्युनिटी सर्भीसका भुपु अध्यक्ष हर्क राई लगाएत भाईस प्रेसीडेन्ट मोहन राणाको पनि सहभागीता रहेको थियो।
हरेक हप्ता मेल्बोर्नको ग्लेनरोयमा अस्ट्रेलीयन नेप्लिज सिनीयर सिटीजन सोसाईटीले बिगत केही महिना देखी नेपालबाट घुम्न आएका बुबा आमालाई ताईचीको साधारण व्यायाम गराउँदै आएको छ।
स्थानिय सुजता श्रेष्ठ र रिता पन्तको अग्रसरतामा भईरहेको यो कार्यक्रमबाट लगभग ५० जना बुवाआमाले लाभ लिई रहेका छन् भने मेल्बोर्नमा नेपालका बिभीन्न ठाउँबाट आएर बसोबास गरेका बाआमालाई एकै ठाउँमा भेटघाट गराउन पनि यो कार्यक्रमले मुख्य भुमीका खेलेको छ। यसरी हरेक दिन भेटघाट हुने भएकोले ग्लेनरोयको एक पार्कको नामनै मिलन पार्क राखेका छन् जहाँ नयाँ आएका पाहुनालाई स्वागत गर्ने र नेपाल फर्किन लागेका बा आमालाई सबै मिलेर बिधाई गर्ने चलन चलि आएको छ। साथै सम्पुर्ण नेपाली चाडबाढहरु पनि त्यहि पार्कमा सबै मिलेर मनाउँदै आएका छन्। यो महिना श्रीस्वस्थानीको ब्रतकथा पढ्ने महिना भएकोले सो पार्कमा सबै मिलेर कथाबाचन भई रहेको छ।


