eNepal

काठमाडौंमा खुल्यो अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने सूचना केन्द्र

उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई परामर्श दिइरहेको नायरको अगुवाइमा काठमाडौंमा अष्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेन्टर सन्चालनमा ल्याइएको छ । बिहीबार एक कार्यक्रमका बीच नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले सूचना केन्द्र उद्घाटन गरेका हुन् ।

नायरको अगुवाइमा यो सूचना केन्द्र स्थापना गरिए पनि यसमा शैक्षिक परामर्शमा रहेका अन्य सबै संघ-संगठनको पनि सहभागिता रहने नायरका अध्यक्ष विज्ञान श्रेष्ठले बताए । यसले अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीलाई सहयोग गर्ने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा राजदूत बडले भने, ‘यो अत्यन्त सकारात्मक काम हो, यसले नेपाली विद्यार्थीहरुलाई ठूलो सहयोग गर्ने हामीले विश्वास लिएका छौँ ।’

कार्यक्रममा नायरका महासचिव उद्धव खड्काले यो सूचना केन्द्रबाट विद्यार्थी, अभिभावक तथा नेपालका अन्य सरोकारवालाहरुलाई धेरै फाइदा पुग्ने बताए ।

त्यस्तै, नेपाल शैक्षिक परामर्श संघ इक्यानका नवनिर्वाचित अध्यक्ष प्रकाश पाण्डेले पनि शैक्षिक परामर्श क्षेत्रका लागि र अष्ट्रेलिया जान चाहनेका लागि यो सुरुवात निकै राम्रो भएको बताए ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal