बिग ब्यास क्रिकेट लिगमा सन्दिप लामिछानेले पहिलो ओभरमा नै विकेट लिएका छन ।
टिमको सातौं तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले सात रन दिएर एक विकेट लिए । पहिलो बलमा नै चौका खाएका सन्दिपले दोस्रो बलमा एक रन दिए भने तेस्रो बल डट फाले ।
तर तेस्रो बलमा उनले लिभिङस्टोनलाई आउट गरे । उनले कार्टराइटको हातबाट उनलाई १८ रनमा पेभेलियन फर्काउ । त्यसपछि बाँकी दुई बलमा उनले एक एक रन दिए ।
दोस्रो ओभरमा उनले नौ रन दिए ।
टिमको नबौं तथा ब्यक्तिगत दोस्रो ओभरमा पहिलो बल उनले डट फाले । त्यसपछि तीन बलमा एक एक रन खर्चिएका सन्दिपले चौथो बल डट फाले । पाँचौ बलमा चौको खाएका सन्दिपले ओभरको अन्तिम बलमा दुई रन खाए ।

