एक दिनअघि मात्रै नायिका प्रियंका कार्कीले ‘कस्को ब्याचलर पार्टी हुँदैछ ? पत्ता लगाउनुहोस्’ भन्दै सामाजिक सञ्जालमा तस्बीर पोस्ट गरिन् । साथीहरुसँग थाइल्याण्ड उडिन् । उनी अहिले साथीहरुसँग थाइल्याण्डमा ब्याचलर पार्टीमा छिन् ।
समुद्रमा जहाजभित्र साथीहरुसँग मस्ती गर्दै गरेका तस्बीहरु उनले सामाजिक सञ्जालमा सेयर गरिरहेकी छन् । छोटो समयमै निकै चर्चा कमाउन सफल नायिका प्रियंका कार्कीको थाइल्याण्डमा हट अवतार देखिएको छ ।
कामुक तस्बीर पोस्ट गर्दै उनले थाइल्याण्डमा भएको रमाइलो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेकी छन् । बैवाहिक सम्बन्धमा बाँधिन लागेका युवायुवतीले आफ्ना साथीहरुलाई ब्याचलर पार्टी दिने गर्छन् ।


