eNepal

प्रहरीलाई तथानाम गाली गर्दै गरेको भिडीयो भाईरल भएपछि गायिका आस्था राउतले मागिन् माफी

प्रहरीलाई तथानाम गाली गर्दै सामाजिक सञ्जालमा भिडियो सेयर गरेकी गायिका आस्था राउतले माफी मागेकी छन् । उनले प्रहरीको संगठन जरैदेखि कुहिएको भन्दै गालीगलौज गर्दै भिडियो सेयर गरेकी थिइन् ।

भिडियोसँगै चर्चामा आएकी गायिका राउतले अहिले माफी माग्दै उक्त भिडियो पनि डिलिट गरेकी छन् । उनले फेसबुकमा भनेकी छन्, ‘आवेगमा आएको बेला त्यस्तो भयो । त्यसका लागि म आफी चाहन्छु ।’

सिक्किम जाँदै गर्दा बुधबार विमानस्थलमा आफूमाथि अपमान गरिएको भन्दै प्रहरीलाई व्यवहार सुधार्न सुझाव दिएकी थिइन् ।

उनको भिडियो भाइरल भएसँगै प्रहरीले पक्राउ गरेर कारबाही गर्ने बताएको थियो । कारबाही पर्ने डरले गायिका राउतले माफी माग्दै भिडियो पनि सामाजिक सञ्जालबाट हटाएकी हुन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal