eNepal

मेलबर्नमा पानीमा सुरक्षा विषयक एक दिने तालिम कार्यक्रम हुँदै

जिलोङ्ग  नेपाली एसोसिएशन (जीएनए), मेलबोर्न नेपाली कम्युनिटी वेस्ट , नेप्लीज एसोसिएसन अफ भिक्टोरीया र गैर आवाशीय नेपाली संघ (एससीसी) भिक्टोरियाको संयुक्त आयोजना अनि लाइफ सेभिङ्ग भिक्टोरियाको सहयोगमा पानीमा सुरक्षा विषयक एक दिने तालिम अस्ट्रेलियाको मेलबर्नमा संचालन हुने भएको छ ।

पानी सुरक्षा कार्यक्रममा विशेष गरी सहभागीहरूलाई पानीमा आफ्नो जीवन बचाउने तरिकाहरू र पानीबाट कसरी सुरक्षित बन्न सकिन्छ भन्ने जानकारी दिने जनाईएको छ ।

अष्ट्रेलियाका व्यवसायिक जीवन रक्षकहरुले दुईदेखि तीन घण्टासम्म सहभागिहरूलाई  समुद्री संकेतहरू, पानीको वहाव, प्रवाह र यसबाट बच्ने उपायका विषयमा जानकारी मूलक तालिम दिनेछन् भने तालिम पश्चात समुन्द्र तटमा नै लगेर अवलोकन तथा अभ्यास गराइने छ।

पछिल्ला बर्षहरुमा अस्ट्रेलीयामा गर्मीयाममा समुन्द्र तटमा जाने अनि पौडी खेल्ने र समुन्द्रको पानीमा वहाव र यसबाट हुन सक्ने खतरा र बच्ने उपायाबारे अनभिग्य हुँदा धेरै युवाहरूले ज्यान गुमाई सकेका छन्। 

तालिममा निम्न रमाईला गतिविधिहरू समेटिएका पनि छन् ।

१ पानी सुरक्षा प्रस्तुती , 

२ बोर्ड प्याडलीङ् सीप ,

  उद्धार प्रविधि ,

  लाइफ ज्याकेट प्रयोग ,

  स्नोर्कलिंग ,

  फुटबल ,

  क्रिकेट ,

  बीच झण्डा 

कार्यक्रममा नि: शुल्क बार्वेक्यु र सफ्ट ड्रिङ्गसको  पनि व्यवस्था रहेको छ ।कार्यक्रम ३० जनवरी २०२०  बिहान ११ देखि दिउँसो २ बजेसम्म अल्टोना बीच (अल्टोना लाइफसेभिंग क्लब) मा हुने छ । तपाईहरुले यो दिएको लिङकमा गएर रजिस्ट्रेसन गर्न सक्नु हुनेछ।

https://docs.google.com/forms/d/e/1FAIpQLSe9rMFrpI1B6OVii_v3cSItwZ6K43izEbc6Pd6LmZPPB6f5Qg/viewform

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal