दुई बर्षको कार्यकाल सकिन अव लगभग सत्र महिना मात्र बाँकी रहँदा एनआरएन अस्ट्रेलीयाले पच्चिस जनाको जम्बो सल्लाहकार टोली पाएको छ। भागबण्डाको राजनितीले ग्रस्त एनआरएनएमा कसलाई बनाउने, कसलाई खुसी बनाउने कुरामै सात महिना बित्यो।
अन्ततः धेरै महिनाको कसरत पछि प्रवक्तामा नन्द गुरुङ र पब्लिक अफिसरमा कोमल पाठकलाई मनोनयन गर्दै सल्लाहकारमा दिनेश पोखरेल, दिनेशराज जोशी, डम्बर श्रेष्ठ, नविन वाग्ले, प्रविन गुरागाई, श्री पन्त, गणेश तामाङ, सुर्य आर्चाय, दिपनारायण चौधरी, सुजित सिग्देल, बालचन्द्र भट्टराई, हिमलाल गैरे, नइन्द्र श्रेष्ठ, दुर्गादत्त कँडेल, अनिल श्रेष्ठ, कृष्ण श्रेष्ठ, सृजना संग्रौला, केशव सापकोटा, सिके भुसाल, हेमन्त काफ्ले, बामदेव पौडेल, विवेक थापा, सुनिल भण्डारी, त्रिलोचन पोखरेल, विनित शर्मा हुनुहुन्छ।

