राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति समवेदना प्रकट गरेकी छिन्।
राष्ट्रपति भण्डारीले अस्ट्रेलियाका गभर्नर जनरल डेभिड हर्लेलाई सम्बोधन गर्दै डढेलोले मानवीय, वनस्पति, जीवजन्तुमा पुर्याएको क्षतिप्रति समवेदना प्रकट गरेकी हुन्।
‘अस्ट्रेलियन सरकार, जनता र डढेलोमा ज्यान गुमाएको परिवारप्रति समवेदना र सहानुभूति प्रकट गरेको छु,’ शुक्रबार राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा उल्लेख छ।साथै उनले डढेलो नियन्त्रण गर्न सफलताको कामना समेत गरेकी छिन्।अस्ट्रेलियामा केही महिनादेखि लागेको डढेलोका कारण ५० करोड पशुपंक्षी मरेको अनुमान गरिएको छ।

