नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले हरेक बर्ष आयोजना गर्दै आएको न्याभ कप क्रिकेटको १५ औँ संस्करण आगामी आइतबारदेखि मेल्बोर्नको TW Blake Park, Preston मा सुरु हुँदैछ।
न्याभको १५ औं बार्षिक उत्सवको रुपमा मनाउन लागिएको यो खेल विशेष उत्सवको रुपमा मनाउन सम्पुर्ण भिक्टोरीया बासी खेलप्रेमीहरुलाई न्याभले आमन्त्रण गरेको छ।
मेल्बोर्नमा रहेका नेपाली खेलाडीहरुलाई आफ्नो कौशल देखाउन न्याभले बिगत लामो समयदेखी बिभीन्न खेलकुदका कार्यक्रमहरु गर्दै आएको छ।
१२ ज्यानुवरी देखि प्रत्येक आइतबार दुई चरणमा चार-चार खेल हुने न्याभ कप क्रिकेट टी-ट्वेन्टी प्रतीयोगीतामा मेल्बोर्नका ब्रिलीयन्ट क्रिकेट क्लब, एक्स्पर्ट क्रिकेट क्लब, गोर्खाली क्रिकेट क्लब, हिमा अस क्रिकेट क्लब, हिमालयन क्लब, रोयल राइनोज क्रिकेट क्लब र सगरमाथा क्रिकेट क्लबले भाग लिंदैछन् । यस पटक सात क्लबबाट दश टीमहरुले प्रतिस्पर्धा गर्दैछन्।
मेल्बोर्नका २४ भन्दा बढी व्यापार व्यबसायहरुले सहयोग गर्ने यस प्रतीयोगीतालाई टिम भिक्टोरीया, हार्मोनी ईन् क्रिकेट एसोसियसन, एनआरएनए लगाएत भिक्टोरियन नेप्लिज क्रिकेट एयोसियसनले साथ दिएका छन्। यस प्रतियोगीताको फाईनल खेल २३ फेबुअरी आईतबार हुनेछ।

