eNepal

सन्दीपको जुत्तामा “भिजिट नेपाल २०२०” लेखिएपछि अस्ट्रेलियन टिभीमा भयो चर्चा

नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेको जुत्तामा ‘भिजिट नेपाल २०२०’ लेखिएको देखिएपछि बुधबार अस्ट्रेलियन टीभीमा भिजिट नेपाल २०२० को चर्चा भएको छ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको मेलबर्न स्टार्सले बिग बास लिग बीबीएल क्रिकेटमा बुधबार छैटौं जित निकाल्यो।

पुरा चार ओभर बलिङको मौका पाएका सन्दीपले आज विकेट लिन सकेनन्। उनले ४ ओभरमा ३९ रन खर्च गरे।

सन्दीपले बलिङ गरिरहँदा अस्ट्रेलियाको फक्स टेलिभिजनमा उनले लगाएको जुत्ता देखाइएको थियो। उक्त जुत्तामा ‘भिजिट नेपाल २०२०’ लेखिएको थियो।

सन्दीपको जुत्तामा क्रिकेट कमेन्टेटरले भिजिट नेपाल २०२० देखेपछि उनीहरुले नेपाल भ्रमण वर्षबारे केहीबेर चर्चा गरेका थिए।

फक्स टीभीमा लाइभ खेल भइरहेको अवस्थामा एक कमेन्टेटरले अर्का कमेन्टेटरलाई ‘के तिमी कहिले नेपाल गएको छौं?’ भनेर सोधेको सुन्न सकिन्थ्यो। उत्तरमा अर्काले ‘छैन तर म हिमाल भएको देश जान इच्छुक छु’ भनेको सुन्न सकिन्थ्यो।

मेलबर्नमा बुधबार भएको खेलमा सिड्नी थन्डरलाई सन्दीपको टोलीले ६ विकेटले पराजित गरेको हो।

सिड्नीले दिएको १ सय ४६ रनको लक्ष्य मेलबर्नले १७ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गरेको थियो।

जितसँगै मेलबर्न स्टार्स लिगको शीर्ष स्थानमा उक्लिएको छ। मेलबर्नले ७ खेलमा १२ अंक जोडेको छ।

सिड्नी ८ खेलमा ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal