eNepal

एनआरएनए साउथ अस्ट्रेलीयाले डढेलो पिडीतको सहयोगार्थ आयोजना गर्यो गाला डिनर

प्रकाश गैरे, एडिलेड

अष्ट्रेलियाको विभिन्न भाग अहिले डढेलोको चपेटामा परेको छ । धेरै जनधनको क्षती भएको छ भने अनगिन्ती पशुपक्षी यसका सिकार भएका छन् । अनियंत्रित आगोका कारण कयौं मानिसहरु घरवारविहीन भएका छन् । यसै कुरामा केन्द्रित हुँदै आफ्नो कर्म भुमिमा रहेका नेपालीहरुले आगोले लागेको घाउमा केही मलम लगाउने प्रयत्न गरेका छन् । अष्ट्रेलियाका विभिन्न ठाउँमा नेपालीले यो कार्य अगाडि बढाएका छन् ।साउथ अष्ट्रेलियामा रहेका नेपाली समुदायहरुले पनि NRNA SA ले आयोजना गरेको कार्यक्रममा सहकार्य गर्दै हिजो शनिबार Fundraising Dinner कार्यक्रम सप्पन्न भएको छ। विभिन्न संघसंस्थाको सहयोगमा $५००० को चेक भौचर साउथ अष्ट्रेलियाका प्रिमिएरकी सहायक मन्त्री  जिङ्ग लि लाई हस्तान्तरण गरियो। 

सहयोगका लागि तपाईले NRNA SA को खातामा आफुले सहयोग गर्न चाहेको रकम पठाउन सक्नु हुनेछ । तपाईहामी सबैको सानो सहयोगले दुखीको मुहारमा केही हासो छाउने हुँदा सबैमा सहयोग गरिदिनु हुन आव्हान गर्दछौं। 

सहयोगार्थ संकलन जनवरी ०८ तारिक बुधबारसम्म रहेको छ ।

Account name- NRNA SA

BSB-032006

Account number -562000

Reference- Bush fire donation

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal