सागर भुर्तेल, सिड्नी
एनएसडब्ल्यू पुलिस फोर्सले बिहीबार एक किशोरीलाई अनलाइनमा यौन सम्बन्धको लागि खरीद गरेको आरोपमा सिड्नीको वेन्टवर्थभिलबाट २९ वर्षका नेपाली मुलका युवालाई पक्राउ गरेको छ।
प्रहरीहरूले उक्त व्यक्तिको युनिटबाट ल्यापटप र अन्य इलेक्ट्रोनिक उपकरणहरू नियन्त्रण लिएको र थप अनुसन्धान गरिरहेको छ । उक्त व्यक्तिलाई पारामाटा प्रहरी स्टेशन लगिएको थियो र १६ बर्ष भन्दा कम उमेरका व्यक्तिलाई यौन क्रियाकलाप गरेको आरोप लगाइएको थियो। उक्त व्यक्तिलाई हिजो शुक्रवार पारामाटा अदालतले आरोपको खण्डन गर्न गरेको अपिल अस्वीकार गरेको छ ।
नोभेम्बर २०१९ मा, चाइल्ड एब्युज एण्ड सेक्स क्राइम स्क्वाड चाइल्ड एक्स्पोलोइटेसन इन्टरनेट युनीट (CEIU) का अधिकारिहरूले सिड्नीको पश्चिमबाट आएका उक्त व्यक्तिमा शंका लागेकोले अनुसन्धान गर्न उक्त्त व्यक्तिसँग अनलाइनमा सम्पर्क गर्न थाले।
पुलिसको आरोप अनुसार उक्त व्यक्तिले १४ वर्षीया केटीसँग कुरा गरिरहेको थियो र उसले यौन सम्बन्ध राख्ने कुराको बारेमा कुराकानीमा संलग्न भएको थियो।
प्रहरीले यो पनि आरोप लगाएको छ कि उक्त व्यक्तिले बच्चालाई सेक्सको लागि भेट्ने प्रबन्ध मिलायो। उक्त व्यक्तिको परिचय भने गोप्य रखिएको छ ।

