eNepal

न्यू साउथ वेल्समा एक हप्ता ‘सङ्कटकाल’ घोषणा, राजधानीलगायत अन्यत्र पनि सतर्कता अपनाउन आग्रह

सागर भुर्तेल, सिड्नी

डढेलोको खतरा अझै पनि कम नभएपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तमा एक हप्ता लामो सङ्कटकालको घोषणा गरिएको छ ।

प्रसिद्ध शहर सिड्नी रहेको अस्ट्रेलियाको पूर्वी प्रान्त न्यू साउथ वेल्समा आगामी हप्ता अहिलेको भन्दा थप तापक्रम बढ्ने र वेगका साथ हावा चल्ने पूर्वानुमान त्यहाँको मौसम विज्ञान विभागले गरेको छ । तापक्रम र हुरी चल्ने पूर्वानुमानपछि डढेलोको खतरा अझै बढ्ने खतरालाई मध्यनजर गर्दै शहरी क्षेत्रका हजारौँ मानिस भागेर समुद्री किनारामा पुगेका छन् ।

अस्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म कम्तीमा १८ जनाको मृत्युभएको छ भने भिक्टोरिया र न्यू साउथ वेल्समा एक हजार ३०० भन्दा बढी घर पूर्णरूपमा जलेका बताइएको छ । डढेलोको खतरा बढेसँगै यो हप्ता मात्रै कम्तीमा १७ जना मानिसहरू हराइरहेका वा परिवार र साथीको सम्पर्कमा आउन नसकेको बताइएको छ ।

अहिलेसम्म डढेलोका कारण कम्तीमा ५५ लाख हेक्टर क्षेत्र जलेको अनुमान गरिएको छ । डढेलो प्रभावित क्षेत्र नेदरल्याण्ड वा डेनमार्कको कूल क्षेत्रफलभन्दा बढी भएको बताइएको छ ।

यसवर्ष अस्ट्रेलियामा गर्मी अत्यधिक महसुस गरिएको र कतिपय राज्यमा डढेलो ‘नियन्त्रण बाहिर’ रहेको अस्ट्रेलियाली अधिकारीहरूले बताएका छन् । पछिल्ला केही दिनमा देशका सबैजसो राज्यमा तापक्रम करिब ४० डिग्रीको वरपर पुगेको छ ।

गत हप्ता मात्र डढेलोले सयौँ घरमा क्षति पु¥याएपछि न्यू साउथ वेल्स सरकारले एक हप्ताका लागि सङ्कटकाल घोषणा गरेको छ । सङ्कटकाल शुक्रबारदेखि सात दिन रहने बताइएको छ ।

बढ्दो तापक्रम वृद्धिसँगै मुलुकका अधिकांश क्षेत्रमा वेगसाथ हावाहुरी आउनसक्ने अनुमानसँगै राजधानी क्यानवेरामा पनि ‘डढेलोको खतराबाट एक हप्ता सावधानी अपनाउन विपत् सेवा निकायले आग्रह गरेको छ । यद्यपि राजधानी शहर रहेको प्रान्तमा अहिलेसम्म ठूलो डढेलो लागेको भने छैन । सम्भावित भवितव्यलाई लिएर क्यानवेरामा उक्त सावधानीको सूचना जारी गरिएको हो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal