eNepal

अस्ट्रेलियाको भिषण आगोलागीमा परि मृत्यु हुने जनावरको संख्या ४८ करोड भन्दा बढी पुगेको अनुमान

सागर भुर्तेल, सिड्नी

सिड्नी विश्वविद्यालयका शिक्षाविद्हरूले एनएसडब्ल्यू आगोलागिमा ४८ करोड  भन्दा बढी जनावरहरू मरेको अनुमान गरेका छन्। त्यो संख्याले कीरा, बल्ला वा भ्यागुता समावेश गर्दैन, र केवल न्युसाउथवेल्स मा मारिएका जनावरहरू समावेश गर्दछ।अस्ट्रेलियामा ३४ स्तनपायी प्रजातीहरू युरोपियन उपनिवेशनपछि लोप भइसकेका छन जुन पृथ्वीको कुनै पनि क्षेत्रको लागि उच्च क्षतिको दर हो।

भिक्टोरिया, क्वीन्सल्याण्ड, पश्चिमी अष्ट्रेलिया, दक्षिण अष्ट्रेलिया र तस्मानियामा झाडी आगोमा मरेका जनावरहरूको संख्याको बारेमा जानकारी छैन।

केही महिनाअघिदेखि लागेको आगो निभेको छैन।देशका धेरै भागमा तीन वर्षसम्म सुक्खा भएपछि आगो बल्नका लागि परिस्थिति निर्माण भएको थियो।बुशफायरका कारण ४० लाख हेक्टरभन्दा बढीको क्षेत्र ध्वस्त भएको छ। अत्यन्तै तातो र हावा चल्ने स्थितिका कारण दिनदिनै नयाँ नयाँ ठाउँमा आगलागी हुने गरेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal