eNepal

सन्दीप आबद्ध मेलबर्न स्टार्सको बिग ब्यासमा तेस्रो जित

अष्ट्रेलियामा जारी विग ब्यास लिगमा मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सलाई डकवर्थ लेविस पद्धतीको आधारमा ४ रनले हराएको छ ।

जितको लागि ११ ओभरमा ७० रनको लक्ष्य पछ्याएको मेलबर्न स्टार्स ७.३ ओभरमा ५५-३ को अवस्थामा पुन पानी परेपछि नतिजा डकवर्थ लेविसको आधारमा निकालिएको हो । मेलबर्नका ओपनर मार्कस स्टोइनिसले १९ बलमा ३ चौका सहित २५ रनको योगदा दिए । विकेटकीपर पिटर हायान्डस्कम्ब २२ रनमा अविजित रहे । होबार्टका जेम्स फल्कनरले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको होबार्टले निर्धारित ११ ओभरमा ५ विकेट गुमाउँदै ६९ रन बनायो । वारम्बार वर्षाको कारण खेल अबरुद्ध हुँदा ११ ओभरमा झारिएको थियो। उसका ओपनर डी आर्सी सटले खातै खोल्न सकेनन् । अर्का ओपनर सिमन माईलन्कोलाई नाथन कुल्टर नाइलले १२ रनमा क्याच आउट गराए ।

कालेब ज्वेलले २८ बलमा २ चौका सहित २६ रनको योगदान दिए । कप्तान बेन म्याकडरमोटले १७ रन जोड्दा डेविड मिलर शून्यमा पेभिलिएन फर्के । जर्ज बिल्ली ७ रनमा अविजित रहे । मेलबर्नका तीब्र गतिका बलर डेल स्टेन र नाथन कुल्टर नाइलले २–२ विकेट लिए । सन्दीपले २ ओभरमा ११ रन खर्चिदा विकेट लिन सकेनन् ।

सन्दीपको दुई ओभर

सातौं ओभरमा सन्दीपले ६ रन खर्चिए । पहिलो बलमा कालेब ज्वेल र दोस्रोमा कप्तान तथा विकेटकीपर बेन म्याकडरमोटलाई १–१ रन दिए । तेस्रो बल डट र चौथोमा दुई रन खर्चिए । पाँचौ र छैटौं बलमा १–१ रन दिए ।

सन्दीपले नवौं ओभरमा ५ रन खर्चिए । कालेब र बेनलाई सुरुवाती दुई बलमा १–१ रन दिए । तेस्रो बल डट राख्दा अन्य तीनै बलमा सन्दीपले १–१ रन खर्चिए ।

मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको थियो । दोस्रो खेलमा होबार्ट हरिकेन्सलाई ५२ रनले पराजित गरेको थियो । तेस्रो खेलमा मेलबर्न स्टार्स एडिलेड स्ट्राइकर्ससँग ४ रनले पराजित भएको थियो । पाँचौ खेलमा मेलबर्न स्टार्सले विहीबार सिड्नी थन्डरसँग खेल्ने छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal