eNepal

नेपाल भ्रमणवर्षको प्रचारगर्दै एनआरएनएले नयाँ वर्ष मनाउने

सागर भुर्तेल, सिड्नी

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अंग्रेजी नयाँ वर्ष (न्यु इयर इभ) मा नेपाल भ्रमण २०२० को प्रचारप्रसार गर्न गैरआवासीय नेपाली समुदायलाई आग्रह गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सिङ्गो गैरआवासीय नेपाली संघ परिचालित हुने संघका महासचिव डा हेमराज शर्माले जानकारी दिएका छन् । नेपाल भ्रमण वर्ष २०२० अभियानको संयोजन अध्यक्ष कुमार पन्तले गर्ने भएका छन् भने नेपाल भ्रमण वर्ष २०२० समितिका संयोजक निवर्तमान अध्यक्ष भवन भट्ट तोकिएका छन् ।

नयाँ वर्ष मनाउने क्रममा विश्वका विभिन्न शहरमा हुने नयाँ वर्ष विषेश समारोह (न्यु इयर इभ) को कार्यक्रममा भ्रमण वर्षको प्रचार प्रसार गर्न संघका अध्यक्ष कुमार पन्तले राष्ट्रिय समन्वय परिषद् (एनसिसि)हरु लाई पत्राचार गरेको संघले जनाएको छ ।

संघले लण्डन, बर्लिन, न्युयोर्क, टोकियो, सिड्नी, ब्रसेल्स, हङकङ, बेजिगं, दुवई, मस्को लगायतका शहरमा आयोजित न्यु इयर इभ विषेश समारोहमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार गर्ने तयारी गरेको हो ।

संघले नेपाल भ्रमण वर्षका सामाग्रीहरु )ब्यानर, ह्याट, टिसर्ट आदि) नेपाली दूतावासहरुसंग समन्वयन गरी तयार समेत आग्रह गरेको छ ।

यसअघि नेपाल सरकार र गैरआवासीय नेपाली संघ बीच नेपाल भ्रमण वर्ष २०२० को लागि सहकार्य गर्न सहमति भएको थियो ।

सन् २०२० लाई सरकारले भ्रमण वर्ष घोषणा गर्दै २० लाख नै पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। सरकारले २०२० मा नेपाल आउने पर्यटकलाई भिसा फ्री गर्ने, नेपाल आएपछि कुन गन्तव्यमा जाँदा के सुविधासेवा पाइने त्यसको स्पष्ट व्यवस्था गर्ने, हिमाल आरोहणमा आकर्षित गर्न रोयल्टीमा छुट दिने लगायतका सहुलियतको घोषणा गरेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal