अष्ट्रेलियन तिब्र गतिका बलर पिटर सिड्लेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन ।
मेलबर्न क्रिकेट मैदानमा टिमका सदस्यका विच उनले भावुक हुँदै खेलाडी जीवनबाट सन्यासका घोषणा गरे । न्यूजिल्याण्ड विरुद्धको टेष्ट सिरीजमा १३ खेलाडीमा रहेका पिटर मोर्डन क्रिकेटमा अब्बल खेलाडीमा पर्छन ।
करियरमा ६७ टेष्ट खेलका उनले अष्ट्रेलियन टिममा एक दशकल विताएका थिए । ३५ बर्षे पिटरको उत्कृष्ट प्रदर्शनका कारण यो बर्षको सुरुवातमा भएको इंग्ल्याण्ड विरुद्धको एसेस सिरीज अष्ट्रेलियाले जितेको थियो ।
अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले घरेलु प्रतियोगिता भने खेल्नेछ । अष्ट्रेलियन डोमेस्टिक क्रिकेटमा उनले भिक्टोरीयाबाट खेल्दै आएका छन । यसका साथै उनले काउन्टि क्रिकेटपनि खेल्ने बताएका छन ।
भिक्टोरीयाका लागि पिटर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा १३ औं स्थानमा रहेका छन । उनले कुल दुई सय २१ विकेट लिएका छन । उनले आफ्नो डेब्यु टेष्टमा मास्टर ब्लास्टर सचिन तेन्दुलकरको विकेट लिएका थिए । यसका साथै उनले आफ्नो २६ औं जन्मदिनको समयमा ह्याट्रिक लिएका थिए । जुन एसेस सिरीज रहेको थियो ।

