eNepal

विभिन्न अड्कलबाजीका बीच नयाँवर्षमा सिड्नीमा आतिशबाजी नरोकिने

सागर भुर्तेल, सिड्नी

हरेक नयाँ बर्षलाइ स्वागत गर्न सिड्नीस्थित हार्बर ब्रिजमा गरिने विश्वप्रसिद्ध आतिशबाजी यो बर्ष भयानक डढेलोको कारणले नहुने भिभिन्न आशंकाको बीचमा डढेलोको प्रभाह नगरी यो वर्ष पनि निरन्तरता दिइने सिड्नी सिटी काउन्सिलले जनाएको छ ।

गर्मि समय बढेसंगै अस्ट्रेलियाको न्यूसाउथवेल्स लगायत अन्य राज्यमा डढेलोको प्रकोप रहेको तथा आगामी मंगलबारको तापक्रम अत्यधिक रहने पूर्वानुमान गरिएको हुनाले सरोकारवालाहरूसँगको छलफलपछि कुनै पनि वेला सो आतिशबाजीको कार्यक्रम रद्द हुने सम्भावना रहेको भनी एक पत्रिकाले समाचार प्रकाशित गरेपछि सिड्नी सिटी काउन्सिलले स्पष्टिकरण दिँदै उक्त कुरा उल्लेख गरेको हो ।

नयाँ बर्षलाई स्वागत गर्न गरिने उक्त आतिशबाजीलाई सुरक्षित तरिकाले सम्पन्न गर्न न्यू साउथ वेल्स सरकार तथा रुरल फायर सर्भिससँग सहकार्य गर्ने पनि बताएको छ । यो वर्षा पनि आतिशबाजी रद्द हुदैन, आतिशबाजी गर्नाले डढेलोबाट प्रभावित समुदायलाइ कुनै फाइदा नगर्ने र यसको तयारी १५ महिना अघिदेखि भएको काउन्सिलले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “आतिशबाजी कार्यक्रम रद्द गर्नाले सिड्नीका व्यवसायीलाई असर गर्नेछ । साथै देश विदेशबाट आएका हजारौं पर्यटकहरूको योजना प्रभावित हुनेछ ।” साथै काउन्सिलले डढेलोबाट प्रभावित समुदायको सहयोगका लागि करिब ६ लाख २० हजार अस्ट्रेलियन डलर अनुदान सहयोग गरिसकेको समेत जनाएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal