eNepal

सन्दीप आबद्ध टिम मेलबर्न स्टार्सको पहिलो हार

बिग ब्यास लिग क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले पहिलो हार ब्यहोरेको छ।

शुक्रबार भएको आफ्नो तेस्रो खेलमा मेलबर्न एडलाइड स्ट्राइकर्ससँग ५ रनको झिँनो अन्तरले पराजित भएकाे हाे। १७५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६९ रन मात्रै बनाउन सक्यो।

मेलबर्नका लागि कप्तान ग्लेन म्याक्श्वेलले २५ बलमा ४३ रन बनाएपनि जित दिलाउन सकेनन्। त्यस्तै, पिटर ह्यान्डसकोम्बले ३४ र मार्कुस स्टोनिइसले ३३ रन बनाए।

बलिङतर्फ स्ट्राइकर्सका पिटर सिडलले ३ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्ट्राइकर्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। स्ट्राइकर्सका लागि जोनाथन वेलसले अविजित ६८ र कप्तान एलेक्स क्यारीले ४५ रन बनाए।

बलिङतर्फ सन्दीप, एडम जाम्पा, डेल स्टेयन र ड्यानियल वारलले समान १–१ विकेट लिए।

मेलबर्नको यो पहिलो हार हो। यसअघि मेलबर्नले होबर्ट हुरिकेन्सलाई ५२ र ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको थियो।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal