अस्ट्रेलीयामा रहेका नेपालीलाई एकैठाउँमा जोड्ने अभिप्राएका साथ खोलीएको साथी अस्ट्रेलीया नामको सँस्थाले अस्ट्रेलीयामा पहिलो पटक फोटो कन्टेस्ट प्रतीयोगिता आयोजना गर्ने भएको छ।
पुरस्कार राशी पाँच हजार डलर राखिएको यस प्रतीयोगीताको बारे चाँडैनै प्रेस रिलीज गरेर बृस्तीत जानकारी दिईने आयोजक साथी अस्ट्रेलीयाका निर्देशक अरुण चित्रकारले ईनेपाललाई बताउनु भएको छ।
साथी अस्ट्रेलीयाले नेपालमा रहेका गरीब र उत्पिडीत बिधार्थीलाई बिगत केही बर्ष देखी सहयोग गर्दै आएको छ भने सो प्रतीयोगीताबाट उठेको रकम नेपालका केही स्थानमा स्कुल पढ्नबाट बन्चित केटाकेटीहरुलाई सहयोग गर्ने जनाएको छ।
नेपालको प्राकृतीक सुन्दरता अनि बिवीधता झल्कने उत्कृस्ठ फोटो पत्रकारहरुको पच्चिस फोटो र यस प्रतीयोगिताबाट छानिएका छानिएको पच्चिस फोटो अस्ट्रेलीयाका बिभीन्न शहरमा प्रदर्शन गरिने छ।नेपाल भ्रमण बर्ष २०२० लाई लक्ष्क्षित गरेर आयोजना गर्न लागिएको शो प्रतीयोगीताले निश्चय पनि नेपालको पर्यटन प्रबर्धनमा टेवा पुर्याउने छ।

