eNepal

एनआरएनए युथ फोरम भिक्टोरीयाले सम्पन्न गर्यो टेबल टेनिस प्रतियोगिता

एनआरएनए युथ फोरम भिक्टोरियाको आयोजनामा गएको डिसम्बर २२ तारिखका दिन कोबर्ग टेनिस क्लबमा टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । महिला, पुरुष अनि सोह्र बर्ष मुनिको गरी जम्मा तीन समुहमा भएको उक्त प्रतियोगितामा पुरुष तर्फ निरेस कार्की प्रथम र निरज पन्त दृतिय, महिला तर्फ अनिता सापकोटा प्रथम र प्रकृति भट्ट दृतिय त्यसैगरी सोह्र बर्ष मुनिको समुहमा बिबिध काफ्ले प्रथम र प्रभात भट्ट दृतिय हुन सफल भए।

तेत्तिस जनाको सहभागिता रहेको उक्त प्रतियोगितामा बिजयी प्रतियोगीहरुलाई प्रमुख अतिथि नेपालका तर्फबाट भिक्टोरीयाका लागि अबैतानीक राजदुत चन्द्र योञ्जन लगाएत एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशब कंडेल, नेप्लिज एसोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरे, एनआरएनए आइ सिसी मेम्बर नारायण काफ्ले, एनआरएन अस्ट्रेलियाका पुर्ब अध्यक्ष टोनु घोतानेले संयुक्त रुपमा नगद पुरस्कार तथा ट्रफी प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

महिला र पुरुष तर्फ प्रथम हुनेलाई पाँचसय डलर तथा दृतिय हुनेलाई तिनसय डलर नगद राशी राखिएको थियो। सोह्र बर्ष मुनिको समूहमा प्रथम हुनेलाई दुईसय डलर तथा दृतिय हुनेलाई एकसय डलर नगद पुरस्कार राखीएको उक्त प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरुलाई सहभागिताको प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो । 

एनआरएनए युथ फोरम भिक्टोरियाका कोअर्डीनेटर बबिन मिश्रको संयोजकत्वमा सम्पन्न उक्त टेबल टेनिस प्रतियोगितामा एनआरएनए भिक्टोरियाका कोअर्डीनेटर प्रेम प्रसाद कंडेल, सचिब नारायण कटुवाल, मेलबोर्नका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्पन्सर, स्वयं सेवक, संचारकर्मी लगाएत बिभिन्न खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । रेफ्रीहरु सोम प्रसाद गुरुङ, सुनिल मैनाली र बिपुल ज्ञवाली रहेका थिए।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal