eNepal

अष्ट्रेलिया पठाइदिने बहानामा ७ लाख ठगेर फरार चलबहादुर पक्राउ

वैदेशिक रोजगारी ठगी मुद्दामा सजाय सुनाइएका एक जना ७ वर्षपछि पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धादिङको साविक सेर्तुङ गाविस–५ घर भई हाल काठमाडौंको तारकेश्वर बस्ने वर्ष ४५ का चल बहादुर घलेलाई पक्राउ गरेको हो।

वैदेशिक रोजगार न्यायाधिकरणको गत २०६९पुस २४ गतेको फैसलाले घलेलाई १ वर्ष ६ महिना कैद र एक लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो। उनलाई आइतबार नेपालटारबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालत मार्फत कारागार कार्यालय सुन्धारा पठाईएको छ।

घलेले २०६८ जेठ १३ गते वैदेशिक रोजगारको लागि अष्ट्रेलिया पठाईदिन्छु भन्दै सात लाख रुपैयाँ लिएर फरार भएका सीआईबीले जनाएको छ।

Source: Nepalkhaber

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal