eNepal

मेलबर्न स्टार्सको लगातार दाेस्राे जित, सन्दिपले लिए एक विकेट

सन्दिपकाे टिमकाे बलियाे लक्ष्य

बिग ब्यास लिगमा सन्दिप लामिछाने राम्रो बलिङ गरेका छन । पहिलो खेलमा पनि एक विकेट लिएका सन्दिपले आफ्नो विकेटको क्रम दोस्रो खेलमा पनि जारी राखे । उनले होबर्ट हुरीकेन्स विरुद्धको खेलमा एक विकेट लिए । मेलबर्न स्टार्सले पनि लगातार दोस्रो जित निकाल्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा चार विकेट गुमाउँदै १६३ रन बनायो ।

बलियो सुरुवात गरेको मेलबर्नले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेको थियो । जसमा उसका ओपनर नीक माडिन्सनले ४० रन बनाए । त्यसपछि बेन डुंक १९ रनमा आउट भएपछि मेलबर्नले एक सय १८ रनमा दोस्रो विकेट खेर फाल्यो ।

त्यसपछि मेलबर्नले अरु दुई विकेट सस्तैमा गुमाउन पुग्यो । अघिल्लो खेलमा उत्कृष्ट अर्धशतक बनाएका कप्तान ग्लेन म्याक्सवेल दुई रनमा आउट भए भने पिटर ह्याण्ड्सकोब तीन रनमा पेभेलियन फर्किए ।

उसका लागि मार्कुस स्टोनीसले अविजीत ८१ रन बनाए भने हिल्टोन कार्टराइटले १३ रन थपे ।

जवाफमा होबर्ट १५ ओभर ५ बलमा १११ रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा कालेब जेवेलले २५ रन बनाए उनलाई सन्दिप लामिछानेले आउट गरे ।

यस्तै माकालिस्टर राइटले १० रन बनाए । उसका ६ खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । होबर्टको पारीलाई कमजोर पार्न ह्यारिस रउफले ५ विकेट लिए ।

source:cricnepal

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal