eNepal

जिलोङ् नेप्लिज सँस्था (GNA InC)द्वारा रक्तदान कार्यक्रम सम्पन्न

अस्ट्रेलीयाको भिक्टोरीया स्टेटको जिलोङमा रहेको नेपालीहरुको सँस्था जिलोङ नेप्लिज एसोसियसन (GNA InC)द्वारा नजिकिदै गरेको क्रिसमस र नयाँ बर्ष २०२०को अवसर पारेर हिजो २१ डिसेम्वर शनिवारका दिन रक्तदानको कार्यक्रम आयोजना गरिएको थियो।

जिलोङ नेप्लिज एसोसीएसन (GNA InC)का सदस्य अर्जुन क्षेत्रीको सँयोजकमा गरिएको रक्तदान कार्यक्रममा पन्ध्र जनाले सहभागीता जनाएका थिए भने आउँदो मार्च सम्ममा ४० जनाको सहभागीता जनाउने लक्ष्य राखिएको छ।

हिजोको रक्तदान कार्यक्रमबाट करिव ७०५० मि.ली रगत सङ्कलन गरिएको थियो भने आउँदो मार्च सम्म १४००० मि.ली रगत सङ्कलन गर्ने आयोजकको लक्ष्य रहेको छ।

जिलोङ्मा रहेका दुई सय नेपाली सदस्यहरु रहेको यो सँस्थाले बिभीन्न चाड पर्वहरु नयाँ बर्ष, दशै, तीज लगाएत तिहारमा देउसी भैलो  कार्यक्रमका गर्दै आएको छ। साना भाईबहिनीहरुलाई नेपाली भाषा सिकाउने हेतुका साथ बाल चौतारी, मादलको कक्षा सँचालनमा रहेका छन्। 

त्यस्तै गरेर यो बर्ष बन भोजको कार्यक्रम, बाढी पहिरो पिडीतको लागि राहत सङ्कलन, नेपालमा रहेका चेलीहरुको लागि” We all Rotate” for Dignity Pack को कार्यक्रम, जिलोङ आएका नयाँ बिधार्थी भाई बहिनीहरुलाई काम र बस्ने व्यबस्था गर्दै आएको छ। 

बिधार्थीहरुको हक र हितका कार्यक्रम, काम लगाएर पैसा नदिएका व्यक्तिबाट पैसा असुल गरिसकेको यस सँस्थाले नेपाली कला, सँस्कृती र परम्परालाई जगर्ना अनि अन्तरास्ट्रिय स्तरमा प्रबर्धन गर्दै जिलोङ्को महत्वपर्ण महत्सव पाको फेस्टीभलमा सहभागीता जनाउँदै आएको छ। नेपाल भ्रमण बर्ष २०२० लाई प्रबर्धन गर्दै आउँदो २९ फेवुअरीमा हुन लागेको सो महत्सवमा बिशेष सहभागी जनाउने यस सँस्थाका अध्यक्ष निरज करणजितले जानकारी गराउनु भयो। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal