eNepal

बिग ब्यास लिगमा ३८ रन खर्चिएर सन्दीपले लिए एक विकेट

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले अष्ट्रेलियाको विग ब्यास लिगको आज भएको खेलमा १ विकेट लिँदै ३६ रन खर्चिएका छन्।

अस्ट्रेलियाको क्याररामा भएको खेलमा मेलबर्न स्टारबाटका लागि सन्दीपले ४ ओभर बलिङ गर्दै १ विकेट लिएर ३८ रन खर्चिएका हुन्। उनले १३ दशमलव ३ ओभरमा बेन कटिङलाई पभेलियन फर्काएका हुन्।

जारी सिजन बिग ब्यास लिगमा लामिछाने मेलबर्न स्टारमा अनुबन्धित छन्। 

मेलवर्नले शुरुवाती ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो। यसका लागि ग्लेन म्याक्सवेलको ८३ रन महत्वपूर्ण रह्यो।

१ सय ६८ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको ब्रिसबेन हिटले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रनमात्र बनाउन सक्यो। उसका लागि टम बेन्टनले ६४ रनको अर्धशतकीय पारी र म्याट रेन्सले ३९ रन बनाए पनि जितका लागि यो जितका लागि पर्याप्त बन्न सकेन।

सन्दीपले  १२ रन बनाएर खेलिरहेका कटिङलाई आउट गराएका थिए।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal