eNepal

अस्ट्रेलियाको तापक्रम अहिले सम्मकै उच्च

अस्ट्रेलियाको औसत उच्चतम तापक्रम ४०.९ डिग्री सेल्सिअस पुगेपछि मङ्गलवार इतिहासकै सबैभन्दा तातो दिन बनेको मौसमविद्हरूले बताएका छन्।

मौसम विभागले मङ्गलवारको तापक्रम यसअघि सन् २०१३ को ज्यानुअरी ७ मा मापन गरिएको ४०.३ डिग्री सेल्सिअसभन्दा बढी भएको बताएको छ।

देशभरको औसत उच्चतम तापक्रम नै उष्णलहर नाप्ने उपयुक्त माध्यम भएको विभागले जनाएको छ।

यो तथ्याङ्क अस्ट्रेलियाको झाडीमा फैलिएको डढेलोका कारण व्याप्त जनआक्रोश बढिरहेको बेला आएको हो।

अस्ट्रेलीयाका थुप्रै शहरहरूमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ। मङ्गलवार अस्ट्रेलियाका मध्यभागका केही क्षेत्रहरूमा ४५ डिग्री सेल्सिएसभन्दा बढी तापक्रम मापन गरिएको थियो।

यो साताको सुरुमा वेस्टर्न अस्ट्रेलियाको राजधानी पर्थमा लगातार तीन दिन ४० डिग्री सेल्सिअसभन्दा बढी तापक्रम मापन भएको थियो जुन डिसेम्बर महिनाका लागि अभूतपूर्व थियो।

समुद्री सतहहरूमा चिसो र तातो तापक्रमबीचको फरक विगत छ दशककै उच्च भएकोले यस्तो भएको मानिएको छ।

तर अस्ट्रेलियामा लामो समयदेखि खडेरी चलिरहेको छ। कतिपय स्थानमा वर्षौँदेखिको खडेरीका कारण माटोबाट वाष्प वायुमण्डलमा जान नसकेकोको तापक्रम बढ्न सहयोग पुगेको बताइएको छ।

अस्ट्रेलियाको मौसमसम्बन्धी निकायका अनुसार अस्ट्रेलियाको तापक्रम सन् १९१० यता एक डिग्री सेल्सिअसले बढेको छ र त्यसमा धेरै तापक्रम सन् १९५० यता बढेको हो।

अस्ट्रेलियामा सबैभन्दा तातो १० वर्षहरूमध्ये नौ सन् २००५ यता मापन भएका छन्।

अधिकारीहरूले सन् २०१९ सबैभन्दा तातो चार वर्षहरूमध्ये एक हुने पूर्वानुमान गरेका छन्।उच्च तापक्रमका कारण खडेरी, डढेलो र बाढीका सङ्ख्यामा वृद्धि भएको छ।

सन् २०१९ अस्ट्रेलियामा सबैभन्दा कम पानी परेको वर्ष बनेको छ । 

श्रोतः बीबीसी

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal