eNepal

एनआरएनए युथ कप टेवलटेनीस प्रतियोगिता मेल्बोर्नमा हुँदै

एनआरएनए युथ फोरम भिक्टोरीयाको आयोजनामा यहि २२ डिसेम्बर आईतबारका दिन मेल्बोर्नको कोबर्गमा अवस्थित कोबर्ग टेवलटेनीस हलमा एनआरएनए युथ कप टेवलटेनीस प्रतियोगिता हुने भएको छ। 

पुरुष एकल, महिला एकल अनि पुरुष युगल र महिला युगलको लागि हुने सो प्रतियोगितामा पुरुष तर्फबाट ४० र महिला तर्फबाट १० खेलाडीको सहभागीता हुने भएको छ। प्रतियोगिता नकआउटका आधार खेलाईने छ।

प्रतिस्पर्धी सबै खेलाडीहरुलाई मेडलको व्यबस्था गरिएको छ भने विजयी खेलाडीहरुलाई नगद सहित च्याम्पियनशिप कप दिने आयोजकले जनाएको छ। 

समुदाय भित्र सहजताका साथ घुलमिल हुने बाताबरण बनोस् र खेलकुदको माध्यमबाट आफ्नो कौशल्ता देखाउने अवसरका साथ बिशेषत: युवा बर्गलाई लक्ष्क्षित गरेर सो प्रतीयोगिता आयोजना गर्न लागिएको हो।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal