eNepal

अस्ट्रेलियाको मेलबोर्नमा अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को भिक्टोरिया राज्य समिति गठन ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा छरिएर रहेका नेपाली कलाकार, साहित्यकारहरुको भेलाले सर्बसम्मतबाट अन्तरास्ट्रीय नेपाली कलाकार समाज (इनास) को इनास भिक्टोरिया राज्य समितिको गठन भएको छ । इनासका ओसेनिया को-ओर्डीनेटर, साहित्यकार तथा पत्रकार सुशील चालिसेको सक्रियतामा सम्पन्न उक्त भेलामा भिक्टोरियाका बिभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवीहरु, संचारकर्मी, सुभचिन्तक लगायत कलाकारितालाई माया गर्ने बिभिन्न विधाका कलाकारहरुको उपस्थिति रहेको थियो । 

डिसेम्बर ०८ तारिख आइतबारका दिन बिग बेल्ली कोबर्ग रेस्टुरेन्टमा सम्पन्न भेलाबाट २०१९-२०२१ कार्यकालका लागि सर्बसम्मंत हुदै गठन भएको समितिमा अध्यक्ष: गौतम लामिछाने, उपाध्यक्ष: पार्बती पहारी,  बिराज थापा, सचिव: उज्ज्वल अधिकारी, कोषाध्यक्ष: अनु पाण्डे, प्रबक्ता: मनोज पौडेल, सदस्यहरुमा अरुण चित्रकार, सुमन गुरुङ, लक्ष्मण सन्ज्याल, इश्वरी पौडेल र कुमार महर्जन रहेका छन । ओसेनिया को-ओर्डीनेटर सुशील चालिसे संरक्षक रहनु भएको उक्त कमिटीको अब बस्ने पहिलो बैठकले आबस्यकता अनुसार संरक्षक तथा सल्लाहकारहरुको चयन गर्ने जानकारी कमिटीका अध्यक्ष गौतम लामिछानेले बताउनु भएको थियो ।

उक्त कार्यक्रममा नबगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई  इनासका ओसेनिया को-ओर्डीनेटर सुशील चालिसेले सपथ ग्रहण गराउनु भएको थियो साथै सम्पूर्ण कार्य समितिका पधाधिकारीहरुलाई बधाई तथा कार्यकालको सफलताको सुभकामना सहित प्रमाणपत्र वितरण गर्दै बिधिबत रुपमा ईनास भिक्टोरियाको   कार्यभारको जिम्मेवारी सुम्पिएको थियो ।

बिश्वभर छरिएर रहेका नेपाली कलाकर्मी तथा साहित्यकर्मी र नेपाली कला, साहित्य र संस्कृतिलाई माया गर्ने गैर नेपाली कलाकारकर्मी तथा साहित्यकर्मीहरुलाई संस्थागत रूपमा एकत्रित गरी नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र सम्बर्द्धन तथा नेपाली कलाकारहरूको हितका लागि कार्य गर्ने ( International Nepalese Artist Society, INAS ) अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको मुख्य उदेश्यलाई आत्मसाथ गर्दै अगाडी बढ्ने बचन बद्दता मनोनित कार्यसमिति सदस्यहरुबाट व्यक्त भएका थिए ।

उक्त भेलालाइ भिडियो मेसेजबाट इनास अष्ट्रेलियाका नेसनल प्रेसिडेन्ट बिकास शर्मा पोख्रेल तथा इनास ग्लोबल कमिटीका सिनियर उपाध्यक्ष राम चन्द्र थापा ज्युबाट स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरिएको थियो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal