eNepal

बलात्कार गरी डाक्टर जलाउने चारै जना प्रहरी ईनकाउण्टरमा मारिए

भारतको हैदरावादमा डाक्टरलाई जलाईएको घटनामा संदिग्ध चारजना अभियुक्तलाई भारतीय प्रहरीले मारिदिएको छ। 

कुख्यात बलात्कार काण्डमा समातिएका चार जना अभियुक्तहरुलाई बुधबार प्रहरी हिरासतमै राखिएको थियो। तर बिहबार राति महिला चिकित्सक जलाइएकै स्थानमा लगेर उनीहरुलाई इन्काउन्टर गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

हैदराबाददेखि करिब ५० किलोमिटर टाढा पर्ने महबूब नगरस्थित चटनपल्ली गाउँमा बलात्कार एवं हत्यामा संलग्न अभियुक्तहरुलाई तेलङ्गना प्रहरीले गोली ठोकेको हो।

आफुहरुमाथि नै आक्रमण प्रयास गरेपछि प्रतिकार गर्दा अभियुक्तहरु मारिएको प्रहरीले दाबी गरेको छ।

२८ नोभेम्बरका दिन हैदराबादमा जलाएर हत्या गरिएको अवस्थामा २६ वर्षीय महिला चिकित्सकको शव बरामद गरिएको थियो। अनुसन्धानका क्रममा ती महिलामाथि बलात्कार समेत भएको पत्ता लागेको थियो।

यो घटनापश्चात संदिग्धहरुलाई गिरफ्तार गरी १४ दिनसम्म न्यायिक हिरासतमा राखिएको थियो। न्यायिक हिरासतबाट बुझाएलगत्तै प्रहरीले चारै जनालाई इन्काउन्टरमा मारिदिएको हो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal