eNepal

सागको पछिल्लो परिणामः नेपाल ३६ स्वर्ण सहित दोश्रो स्थानमा

१३औं दक्षिण एसियाली खेलकूद (साग) को पछिल्लो परिणाम अनुसार भारतले अग्रता लिएको छ । बुधबारसम्म अग्रस्थानमा रहेको नेपाल अहिले दोस्रो स्थानमा पुगेको छ । भारतले स्वर्ण पदकमा अर्धशतक कटाएको छ।  

 भारतले स्वर्ण पदकको संख्या ६२ वटा पुर्‍याएको छ भने रजत ४१ वटा र १९ वटा कास्य जितेको छ। स्वर्ण, रजत र कास्य गरी कुल १ सय २४ वटा पदक भारतको पोल्टामा परेको छ ।

यो  सिजनको सागमा एक सय पदक जित्ने भारत पहिलो देश बनेको छ। त्यस्तै  चार वटा देशले पदकमा अर्धशतक पुर्‍याएका छन्। बिहीबारसम्म प्रतियोगितामा नेपाल, श्रीलंका, पाकिस्तान र बंगलादेशले पदकसंख्या अर्धशतक कटाएका छन्।

तालिको दोस्रो स्थानमा नेपाल छ। पदकमा आक्रमक शुरुवात गरेपनि बुधबारबाट पदक तालिका कमजोर बन्दै आएको छ। बिहीबार साँझसम्मको नतिजा अनुसार नेपालको ३६ स्वर्ण छ। त्यस्तै २७ रजत र ३८ कास्य छ। नेपाल पनि कुल पदको शतक नजिक छ। हाल नेपालको कुल पदक १०१ हो। 

तालिकाको तेस्रो स्थानमा रहेको श्रीलंकाको कूल पदक १०७ रहेको छ। तर स्वर्णका आधारमा भने श्रीलंका निकै पछि रहेको छ। श्रीलंकाले १७ वटा मात्रै स्वर्ण जितेको छ। रजत ३५ र कास्य भने सबै भन्दा धेरै ५५ वटा जितेका छन्। 

तालिकाको चौथो स्थानमा पाकिस्तान रहेको छ। पाकिस्तान १५ वटा स्वर्ण, २३ रजत र २४ कास्य सहित तालिकाको पाँचौ स्थानमा रहेको हो। पाकिस्तानले बिहीबारबाट स्वर्ण संख्यामा पनि सुधार गरेको छ। पाकिस्तानको कुल पदक ६२ वटा छन्। 

बंगलादेश पनि स्वर्ण पदक जित्न प्रतिस्पर्धा गरिरहेको छ। बंगलादेशको स्वर्ण संख्या ४ वटा रहेको छन्। त्यस्तै रजत संख्या ११ र कास्य संख्या ४५ वटा रहेको छ। बंगलादेशको कूल पदक ६० रहेको छ। 

यता माल्दिभ्स र भूटान भने पदकको लागि निकै संघर्ष गरिरहेका छन्। माल्दिभ्सले १ स्वर्ण जितेको छ। तर रजतमा भने कुनै पनि पदक जितेको छैन। कास्यमा पनि जम्मा २ मात्रै पदक जितेको छ। यता भूटानले स्वर्णमा खाता नै खोल्न सकेको छैन। 

भूटानले रजत पनि जित्न सकेको छैन। भूटानले कास्य पदक ६ वटा जितेको छ । खेलको पाँचौ दिनसम्ममा १ सय ३५ वटा स्वर्णको छिनोफानु भएको छ। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal