eNepal

गीतको सुर नमिलाएको भन्दै स्टेजमै कुटिए गायक

भारतको गुजरातमा एक सांगीतिक कार्यक्रममा बेसुरा गाएको भन्दै दर्शकले गायकलाई पिटेका छन् । रक्सी खाएर गीत गाउँदा सुर बिर्सिएको भन्दै दर्शकले गायकलाई मञ्चमै चढेर पिटेका हुन् ।

अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । रक्सी पिएर स्टेज चढेका गायकले गीतको सुरताल नमिलाएकाले दर्शकहरू आक्रोशित बनेका थिए । त्यही क्रममा एक दर्शक स्टेजमा चढे । गायकको छेउमा पुगेर ती दर्शकले केही सेकेन्ड कुरा गरेपछि तीन थप्पड लगाइदिए ।

त्यसपछि त्यहाँ हंगामा सुरू भयो र अन्य दर्शक पनि मञ्चमा चढेर गायकलाई पिट्न थाले । पिटाइ खाएपछि ती गायकले गीत गाउन अस्वीकार गरे र मञ्च छाडेर हिँडे । गायक नै हिँडेपछि कार्यक्रम नै स्थगित गरियो ।

रिपोर्टका अनुसार, धार्मिक कार्यक्रममा रक्सी पिएर आएका ती गायकले सही ढंगले गीत गाउन सकिरहेका थिएनन् । अहिले यो भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती  भएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal