अस्ट्रेलीयाको सिड्नीमा श्रीमान श्रीमती बिच झगडा हुँदा श्रीमानको मृत्युको समाचार आएको छ। पुर्ण बिबरण आईसकेको छैन।
सिड्नीको पश्चिम ग्रानभिलमा हिजो शनिबार एक दुखद घटना घटेको छ।सो घटनामा एक युवाको ज्यान गएको छ ।हत्या गरिएको आशंका आरोपमा प्रहरीले एक नेपाली युवतीलाई आज अदालतमा पेश गर्ने भएको छ । परामेडडिक्सले अचेत अवस्थामा रहेका ३४ बर्षीय नेपाली युवालाई घटना स्थलमा उपचार गरि थप उपचारका लागी वेस्टमेडड अस्पताल लगेपछि उनको मृत्यु भएको एनएसडब्लु प्रहरी फोर्सले जारी गरेको विज्ञप्तीमा जनाईएको छ। उनीहरु नेपाली भएको पुष्टि गैर आवासीय नेपाली संघ अष्ट्रेलिया उपाध्यक्ष देव गुरुङले गरिसकेका छन । उनीहरु श्रीमान श्रीमती रहेको बुझिएको छ। बुटवल स्थाई घर भएका मृतक युवकले ग्रान्भिलमै मोटर ग्यारेज संचालन गर्दै आएका थिए ।
पछिल्लो समय अष्ट्रेलियाको नेपाली समाजमा घरेलु हिंसा प्रमुख समस्या बनिरहेको छ। बृस्तित जानकारी आउन बाँकी छ।

