अस्ट्रेलीयाको सिड्नीमा उच्च शिक्षा हाँसिल गर्न आएका कर्मठ र आफ्नो देशलाई मायाँ गर्ने एक बिधार्थीको समुहले गएको सोमबार कालापानी, लिपु लेक र लिपियाधुरा हाम्रो हो कसैले हस्तक्षेप गर्नै पाउँदैन भन्दै सिड्नी टाउन हलमा शान्तीपर्ण बिरोध गरेका छन्। नेपाली झण्डा राखेर गरिएको बिरोध कार्यक्रममा दुई सय जना भन्दा बढिले नेपाली झण्डा सहितको व्यानरमा हास्ताक्षर गरेका थिए।

सँसारको जुन सुकै कुनामा रहे पनि आफ्नो जन्मभुमीको बारे कसैले धावा बोल्दा अस्ह्य हुनु स्वभाविकै हो। देशको एक हिस्सा पनि कसैको हुन दिदैनौ। देशको मायाँ जहाँ रहेपनि उत्तीकै हुन्छ, नेपाली हामी रहौला कहाँ नेपालनै नरहे भन्दै शो बिरोधको कार्यक्रम गरिएको थियो।
सरकार अनि अन्य बिदेशमा रहेका सँस्थाहरुले बिभीन्न कुटनितीक तरीकाले बिरोधका आवाज उठाई रहेका प्रसंग आई रहेको बेला ,पढ्नका लागि आएका भाई बहिनीहरुले गरेको यो साहासिक कदमको तारीफ गर्नै पर्छ।

शान्तीपुर्ण गरिएको बिरोधमा बिदेशीहरुले चासो देखाएका थिए। उनीहरुलाई शो बारे जानकारी पनि गराईएको थियो। उपस्थिती बिदेशीहरुले भ्लग अनि आफ्नो पेजहरुबाट यसबारे कुरा उठाउने बताएका थिए।
बिहान दश बजे देखी अपरान्ह तीन बजे सम्म भएको सो शान्तीपुर्ण बिरोध कार्यक्रमको नेतृत्व सुवाश बन्जारा, सन्जय लामा, रोशन अधीकारी, टंक रिजाल, ज्वती अधिकारी, सरस्वती भट्टराई पोखरेल लगायतका बिधार्थीहरुले गरेका थिए।


