पछिल्लो केही बर्ष यता विदेश जाने युवाहरुको लहर ह्वात्तै बढेको छ। कामको सिलसिलामा होस् या उच्च शिक्षा अध्ययन गर्न होस् नेपालीहरु सँसार भरि छरिएर बसेका छन्। बिदेशमा प्राय एक्लोनै हुन्छ चाहे त्यो परिवारसँग होस् या साथीभाईसँग होस्। हो त्यहि एक्लोपना महसुस नहोस् भनेर अस्ट्रेलीयाका केही युवाले Yeklo.com नामको वेभसाईट सामाजिक सँजालमा जोडेका छन्। यस वेबसाइटले नेपालीको भावना प्रदान गर्दछ । यस वेबसाइटमा हरेक सुविधाहरूले नेपालीको भावनालाई विकृत बनाउँदछ ।
यो वेभसाईट मार्फत नेपालीहरुलाई एउटा अङ्गालोमा जोड्ने प्रयास गरिएको छ जसमा फोटो र भिडीयो अपलोड गर्न सजिलै सकिन्छ भने साथी बनाउण र फलो पनि गर्न सकिनेछ। त्यस्तै वाटर मार्क सेयरिङ र बेन्चमार्क सेययरिङ फिचर रहेको Yeklo मा तपाईले Yeklo Story पनि राख्न सक्नु हुनेछ। यसको अर्को बिशेषता भनेको कमेन्टलाई ईनेबल र डिसेबल गर्न पनि सकिनेछ भने लाईक र डिसलाईक पनि गर्न सकिने फिचर रहेको छ।
नेपाली युवाहरुले बनाएको यो वेभसाईटको एप्लिकेसन चाँडै आउँदैछ। मुलतः सँसार भरि छरिएका नेपालीलाई जोड्ने पुल Yeklo ले गर्ने सोचका साथ यसको डिजाईन गरिएको हो। आउनुहोस् हामी सबै यसमा जोडीयौ र नेपालीत्व हुनुको आभास दिलाउँ।

